मंसिर ७ गते प्रदर्शनमा आउने बताइएको फिल्म ‘दि कर्मा’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । प्राविधिक कारण देखाउँदै निर्माण टिमले फिल्मको नयाँ प्रदर्शन मिति माघ ४ गतेलाई फाइनल गरेको छ । जयराज राय निर्मित फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।

नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको उक्त फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् । फिल्ममा निशा खतिवडा निर्मात्रीको रुपमा छिन् ।
भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको यो फिल्ममा करणका अलावा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश ईन्टरटेन्मेन्टले वितरण गर्ने फिल्मको स्क्रिनप्ले र डाइलग शुशील पोखरेलको हो । नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा छायांकन भएको यो फिल्म नेपाली र हिन्दी भाषामा बनेको छ ।

