Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

इलियानासँग ‘पागलपन्ती’ गर्दै जोन

फिल्मीखबर, काठमाण्डौ, 2018/11/19
 
चाँडै बलिउड अभिनेता जोन अब्राहम र अभिनेत्री इलियाना डिक्रूज एकसाथ एक फिल्ममा देखिँदैछन् । उनीहरु पहिलो पटक सँगै काम गर्न लागेका हुन् । फिल्मको नाम ‘पागलपन्ती’ जुराइएको छ । फिल्मलाई अनीस बज्मीले निर्देशन गर्नेछन् । 
 
जोन र इलियानाको बारे बताउँदै निर्देशक बज्मी भन्छन्, 'फिल्मको कास्टिङ नयाँ हो र मलाई पूरा विश्वास छ कि दुईको केमेस्ट्रीले कमाल गर्नेछ ।' उनले जोनलाई विश्वसनीय स्टार बताएका छन् । अभिनेत्री इलियानाको कामको पनि उनले तारिफ गरे । 
 
'मैले आफ्नो अलग-अलग फिल्ममा दुबैसँग काम गरिसकेको छु । तर, ‘पागलपन्ती’ मा दुबै पहिलो पटक सँगै देखिनेछन् । मलाई लाग्छ कि यो जोडी नयाँ, असाधारण र आकर्षक छ', उनले भने । यसअघि इलियानाले बज्मीसँग फिल्म 'मुबारका' मा काम गरेकी थिइन् । 
 
जोनले उनको निर्देशनमा फिल्म 'वेलकम ब्याक' गरेका थिए । ‘पागलपन्ती’ को सुटिङ २०१९ बाट सुरु हुनेछ । फिल्मको अधिकांश सुटिङ लण्डनमा हुने बताइएको छ । फिल्मले जोन र इलियानाको प्रेमकथा वाचन गर्नेछ । दुबै स्टार फिल्मलाई लिएर उत्साहित देखिएका छन् । 
Most Visited News (monthly)