Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गरुड पुराण’ रिलिज कन्फर्म, ब्यान्ड मास्टर बने नाजिर

फिल्मीखबर, काठमाण्डौ, 2018/11/18
 
सुवास कोइराला निर्देशित फिल्म ‘गरुड पुराण’ को पहिलो अनुहार सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्मको प्रदर्शन मिति माघ ४ गतेलाई पक्का गरिएको छ । फिल्मको फस्टलुक पोस्टरमा भने अभिनेता नाजिर हसेनलाई फरक अवतारमा देख्न सकिन्छ । 
 
उनी ब्यान्ड मास्टरको रुपमा प्रस्तुत छन् । कर्मा शाक्य, प्रविण खतिवडा, कामेश्वर चौरसिया, प्रियँका सिंह ठकुरी पनि पोस्टरमा अटेका छन् । पारिवारिक प्रेमकथामा आधारित ‘गरुड पुराण’ हास्य प्रधान जनरामा तयार भएको निर्देशक कोइरालाले बताए । 
 
आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो फिल्मको कथा कशम नेपालको हो । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो फिल्ममा लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ पनि मुख्य भूमिकामा छन् ।
 
रेनेशा बान्तवा राईको कोरियोग्राफी रहेको यो फिल्ममा कोशिश क्षेत्रीको संगीत, कोशिश र मनिषा पोखरेलको गायन, सुशन प्रजापतिको छायांकन, उज्ज्वल ढकालको सम्पादन रहेको छ । फिल्मले फरक पृष्ठभुमीबाट आएर काठमाडौंमा बाँच्नका लागि गर्नुपर्ने सघंर्षको कथा भन्छ । 
Most Visited News (monthly)