Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्टनारायणले ‘गुनगुन’ हटाएपछि निर्माताले गरे कारवाहीको माग

फिल्मीखबर, काठमाण्डौ, 2018/11/18
 
निर्माताले सर्वाधिक शेयर हात पार्ने राजधानीको अष्टनारायण हलले शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेत्री संचिता लुईटेल स्टारर फिल्म ‘गुनगुन’ शनिबार हटाएपछि निर्देशक तथा निर्माता पुकार भट्टराईले आपत्ति जनाएका छन् । राम्रो व्यापार हुने दिन (शनिबार) फिल्म हटाएको भन्दै उनले हल सञ्चालकलाई कारवाहीको माग गरेका छन् । 
 
उनले कारवाहीको माग गर्दै आइतबार चलचित्र निर्माता संघमा लिखित पत्र बुझाएका छन् । पत्रमा निर्मातालाई जानकारी विना नै फिल्म हटाएको उल्लेख छ । निर्माताको फिल्म निर्माण र प्रदर्शन गर्ने हक-अधिकारलाई वञ्चित गरि मनोमानी गरेकाले अष्टनारायण हललाई कानुनको दायरामा ल्याएर क्षतीपूर्तीसहित कडा कारवाही गर्न पत्रमा भनिएको छ । 
 
निर्माता भट्टराईले धेरै पीडित निर्माताको प्रतिनिधित्व गर्दै हल सञ्चालकलाई कारवाहीको माग गरेको बताए । हुनत, ‘गुनगुन’ माथि भएको अत्याचार एक प्रतिनिधि उदाहरणमात्र हो । ठूला भनिएका सिंगल थिएटरबाट नेपाली निर्माताले पटक-पटक सास्ती खेप्दै आएका छन् । 
 
 
यसअघि गोपीकृष्णले 'रामकहानी' माथि गरेको विभेद एउटा गतिलो उदाहरण हो । कलाकार समेत रहेका निर्देशक भट्टराईले ‘गुनगुन’ ले राम्रो व्यापार गरिरहँदा अष्टनारायणले फिल्म हटाएको बताएका छन् । फिल्ममा सञ्चिता र पुकारका अलावा रविन्द्रप्रताप सेन, सुवास मेचेलगायतको अभिनय छ । 
Most Visited News (monthly)