Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘साइनो’ मा मिरुना र राजकुमारको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2018/11/18
अभिनेता भुवन केसी र अभिनेत्री तृप्ती नाडकरको प्रमुख भूमिका रहेको दशक अगाडि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘साइनो’ को नाम सापटी लिएर नेपालकी प्रथम नायिका भुवन चन्द थापाले फिल्म निर्माण गर्ने भएकी छिन् । आइतबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको घोषणा गरिएको छ । 
 
 
सोमवारबाट छायांकन सुरु हुने फिल्म ‘साइनो’ मा सबैभन्दा अगाडि अभिनेत्री नीता ढुंगाना अनुबन्ध भएकी थिइन् । अब फिल्ममा ‘रोज’ फेम्ड अभिनेत्री मिरुना मगरको पनि प्रवेश भएको छ । दुई अभिनेत्रीसँग नव-नायक राजकुमारले रोमान्स गर्ने भएका छन् । रमेश थापाले फिल्म निर्देशन गर्नेछन् । 
 
 
त्रिकोणात्मक प्रेमकथामा आधारित हुने फिल्मको प्रस्तुतकर्तामा अभिनेत्री चन्द छिन् भने शरण थापा कार्यकारी निर्मातामा छन् । अभिमन्यू 'निरवी' ले फिल्मको कथा तयार पारेका हुन् । कार्यक्रममा प्रमुख कलाकार मिरुना र राजकुमार उपस्थित भए पनि नीता देश बाहिर भएका कारण सहभागी हुन सकिनन् । 
 
अभिनेत्री मिरुनाले नेपालकी प्रथम अभिनेत्रीको फिल्ममा आफू आबद्ध हुनु पाउनु सौभाग्यको कुरा रहेको बताइन् । उनी आफूले पाएको भूमिकालाई न्यायपूूर्वक निर्वाहा गर्ने वाचा गर्छिन् । भारतमा बस्दै आएका नव-अभिनेता राजकुमारले अभिनय सिकाउन नेपाल आएपनि भूमिका मन परेका कारण फिल्ममा अभिनय गर्न लागेको बताए । 
 
 
‘साइनो’ मा भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्म खिच्ने जिम्मेवारी रामेश्वर कार्कीमाथि छ । बनिश शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्ममा रोशन विक्रम भट्टराईको द्वन्द्व रहनेछ । 
 
 
काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोकलगायतका स्थानमा  फिल्म खिचिने बताइएको छ । निर्देशक थापा फिल्मलाई सबै परिवार एकसाथ बसेर हेर्न मिल्ने बनाउने बताउँछन् । उनी भन्छन्, 'हल्का ग्ल्यामरभन्दा बढी केही पस्किने छैनौं । लभस्टोरीसँगै देशमा प्रमुख समस्याको रुपमा रहेका विषयलाई पनि उतार्ने प्रयास गर्नेछौं ।' फिल्ममा बसन्त सापकोटाले संगीत दिएका छन् । 
Most Visited News (monthly)