Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘सम्हालिन्छ कहिले मन’ मा पूजा र आकाश ?

फिल्मीखबर, काठमाण्डौ, 2018/11/18
अहिलेकी 'हटकेक' अभिनेत्री पूजा शर्मा चाँडै नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ गर्दैछिन् । 'मधुमास' हुँदै 'रामकहानी' सम्म निर्देशक सुदर्शन थापाको क्याम्पमा रहेर काम गर्दै आएकी उनी पुनः उक्त फिल्ममा पनि निर्देशक थापाकै निर्देशनमा काम गर्दैछिन् । धेरैपछि अभिनेत्री र निर्देशकले बाहिरी ब्यानरको फिल्म गर्न लागेका हुन् । 
 
अमित​ कुमार​ ब​स्नेत​ र​ अजित​ कुमार​ थापाले निर्माण गर्ने फिल्मका लागि अभिनेत्री पूजाले १५ लाख बुझेकी छिन् भने निर्देशक थापाले ३० लाखमाथि बुझेको चर्चा छ । यस फिल्ममा पूजाको हिरो बनेर नव–नायक सोनम तोप्देन देखिँदैछन् । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेका कारण फिल्ममा दुई अभिनेता हुनेछन् । 
 
अभिनेत्री पूजाको दोस्रो हिरो को त ? निर्देशक थापाले अभिनेता आर्यन सिग्देललाई लिने सोच बनाएका थिए । यसअघि दुईको फिल्म 'मधुमास' मा टिमअप भएको थियो । तर, आर्यनले विकाराज आचार्यको 'हजार जुनी सम्म' गर्ने भएपछि ‘सम्हालिन्छ कहिले मन’ मा नहुने भएका छन् । 
 
 
स्रोतका अनुसार, अभिनेता आकाश श्रेष्ठ फिल्ममा भित्रने प्रवल सम्भावना छ । यसअघि सुदर्शनले पूजा र आकाशलाई लिएर 'रामकहानी' बनाएका थिए, जुन बक्सअफिसमा औसत रह्यो । तर, दुईको जोडीलाई भने दर्शकले औधि रुचाएका थिए । आकाशले 'वीरविक्रम २' छाडेकै दिन पूजाले ‘सम्हालिन्छ कहिले मन’ साइन गरेको खबर बाहिरिनु संयोग नभएको बताइन्छ । 
 
आकाशले हजुरबुबा विरामी भएका कारण उक्त फिल्म छाडेको फेसबुकमार्फत जानकारी दिएका थिए । के ‘सम्हालिन्छ कहिले मन’ मा पूजा र आकाशको जोडी हेर्न पाइन्छ ? फिल्मीखबरको प्रश्नमा निर्देशक थापा भन्छन्, 'अहिलेसम्म फिल्मलाई लिएर आकाशसँग कुरै भएको छैन । अहिले म २/४ जना नयाँ केटा हेरिरहेको छु ।'
 
उनले पूजा, सोनम र सरोज खनालबाहेक फिल्ममा अरु फाइनल नभएको पनि बताए । भन्छन्, 'आर्यनलाई लिने सोच थियो । उसले अर्कै फिल्म गर्ने भएपछि कुरै अगाडि बढाइनँ । सकभर नयाँ हिरो खोज्दैछु नभए आकाश मात्र होइन फिल्म इन्डष्ट्रीका जो कोही पनि हुनसक्छन् ।' उनका अनुसार, अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । 
Most Visited News (monthly)