Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शकले रुचाए ‘दैलो’ र ‘गुनगुन’

फिल्मीखबर, काठमाण्डौ, 2018/11/17
सिंगल स्कृनमा मात्र रिलिज भएका दुई नेपाली फिल्म ‘दैलो’ र ‘गुनगुन’ ले घरेलु बजारमा सुखद व्यापार गरेको निर्माताले जानकारी दिएका छन् । दुबै फिल्मलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको बताइएको छ । शुक्रवार औसत रहेको दुई फिल्मको कलेक्सन ग्राफ शनिबार केही माथि देखिएको छ । 
 
निर्देशक, कलाकार तथा निर्माता सुरेश उप्रेतीले ‘दैलो’ को 'वर्ड अफ माउथ' राम्रो रहेको बताए । उनी भन्छन्, 'शनिबार फिल्मले देशभर सुखद व्यापार गरेको छ । सकारात्मक प्रतिक्रिया पाएका कारण आइतबारबाट दर्शक बढ्नेमा विश्वस्त छौं ।' राजधानीसँगै उपत्यका बाहिर पनि फिल्मलाई दर्शकको राम्रो साथ मिलेको उनले बताए । 
 
 
फिल्ममा उनका अलावा दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ । अर्जुन उप्रेती तथा यसोदा उप्रेती फिल्म निर्माण गरेका हुन् । यस्तै, ‘गुनगुन’ ले दर्शकको अपेक्षालाई पूर्ण गरेको निर्देशक, कलाकार तथा निर्माता पुकार भट्टराई बताउँछन् । 
 
उनी फिल्मको सुखद प्रदर्शनलाई लिएर उत्साहित देखिए । भन्छन्, 'परिक्षामा सफल भइएला वा असफल भन्ने डर थियो । दर्शकले फिल्म रुचाइदिनु भएको छ । व्यापार पनि राम्रो छ ।' फिल्मको कन्टेन्टलाई दर्शकले रुचाएको उनको भनाई छ । 'आइतबारबाट दर्शक बढ्नेमा ढुक्क छौं', उनले थपे । 
 
फिल्ममा सञ्चिता लुइँटेल, रविन्द्रप्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, पुकार भट्टराई, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारीलगायतको अभिनय छ । त्रिकोणात्मक प्रेमकथा वाचन गरेको फिल्म ‘गुनगुन’ मा अभिनेत्री सञ्चिता टाइटल क्यारेक्टरमा छिन् । 
Most Visited News (monthly)