Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सयकडा दश’ को ‘दाईलाई कुरा लाइदिनी’ गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2018/11/16
 
चर्चित हास्यकलाकार मनोज गजुरेलको डेब्यु फिल्म ‘सयकडा दश’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘दाईलाई कुरा लाइदिनी...’ गीतलाई कल्याण सिंहले कम्पोज गरेका हुन् । तृषला गुरुङ र सन्देश पाठकले गायनमा सहकार्य गरेका छन् । निर्देशक रामशरण पाठक गीतकार हुन् । 
 
गीतको भिडियोमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोल फिचर्ड छन् । भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा फिल्मले भन्छ । राजाराम पौडेल पनि फिल्ममा मुख्य भूमिकामा छन् । 
 
दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा सह-निर्माता हुन् । माघ १८ गतेबाट फिल्म देशभर प्रदर्शनमा आउँदैछ । निर्देशक पाठकले यसअघि 'प्रेमगीत २' निर्देशन गरेका थिए । 
 
फिल्मका लेखक निर्देशक स्वंम हुन् । रामेश्वर कार्की छायाँकार हुन् । बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, दीलिप ओखेडाको कोरियोग्राफी रहेको फिल्ममा रज्जु प्रधानको कथा छ । हास्यकलाकार राजाराम पौडेल फिल्मको कार्यकारी निर्मातामा छन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)