.jpg)
अभिनेता द्वय सौगात मल्ल र सलोन बस्नेत स्टारर फिल्म ‘घनचक्कर’ को अफिसियल गीत इन्टरनेट रिलिज भएको छ । ‘हिरो’ बोलको गीतमा दुई अभिनेता, नव-अभिनेत्री कश्मिरा लामाका लागि एकअर्कासँग लडिरहेका छन् । गीतमार्फत निर्माण टिमले अभिनेत्री सार्वजनिक गरेको हो ।
देव कोइमी र विपिन आचार्यको शब्द संगीत रहेको गीतमा राजेश पायल राई, मान्डवी त्रिपाठी र देव कोइमीको स्वर छ । पुष १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मका निर्देशक जितेन्द्र राजोपाध्याय हुन् । फिल्मले राजधानीमा आएर स्ट्रगल गर्ने पात्रको कथा भन्छ ।
सौगात र सलोनको यो दोस्रो सहकार्य हो । यसअघि यी दुईले फिल्म 'जय भोले' मा काम गरेका थिए । ‘घनचक्कर’ लाई सुशन प्रजापतिले खिचेका हुन् । फिल्ममा सरोज खननाल, जेबी डिसी, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी, दामोदर पौडेल, जनक घर्तिमगरलगायतका कलाकारहरुको पनि अभिनय छ ।
यो फिल्म भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । अष्ट महर्जनको द्वन्द्व, प्रदीप श्रेष्ठ र सिमोन राजबंशीको कोरियोग्राफी, मित्र गुरुङको सम्पादन रहेको फिल्मको कथा अर्जुन सिंहले तयार पारेका हुन् । कागी लिम्बुको स्क्रिनप्ले र डाइलग रहेको फिल्ममा सौगात र सलोन गाउँले दाजु भाईको भूमिकामा छन् ।
गीत हेर्नुहोस् :-

