Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चर्चामा दीपिकाको इन्गेजमेन्ट औंठीको मुल्य

एजेन्सी, मुम्बई, 2018/11/16
 
दीपिका पादुकोण र रणवीर सिंह पति-पत्नी बनेका छन् । १४ र १५ नोभेम्बरमा इटलीको मिलानबाट करीब ८४ किलोमिटर टाढा लेक कोमोको किनारामा बनेको सबैभन्दा सुन्दर विला देल बलबियानेलोमा सिन्धी र कोंकणी रितिरिवाजबाट दुईको विवाह भएको हो । 
 
२ दिन चलेको ग्रान्ड वेडिङमा करोडौं प्रशंसकको नजर अडिएको थियो । विवाह सकिएसँगै कपलले तश्बिर शेयर गरेका छन् । दुबैले इन्स्टामा बिहेको तश्बिर साझेदार गरेका हुन् । अहिले उक्त तश्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । फोटोमा दीपवीरको इन्गेजमेन्ट औंठी पनि देखिएको छ । 
 
 
दीपिकाको औंठीको मुल्य करोडौं बताइएको छ । उनको डाइमण्ड रिङ स्क्वायर सेपमा छ । प्रायः राउन्ड सेप डाइमण्ड औंठी देख्ने गरिन्छ । मिडियाको रिपोर्ट अनुसार, यो सिंगल सोलिटेयर स्क्वायर डाइमण्ड रिङको मुल्य भारु २ करोडमाथि पर्छ । इन्गेजमेन्ट रिङका अलावा दीपिकाले अर्को औँलामा पनि औंठी लगाएकी छन् । 
 
उनको ब्राइडल ज्वेलरी कलेक्सन निकै इन्प्रेसिभ छ । प्रशंसकलाई उनको गेटअप निकै मन परेको छ । यस्तै, तश्बिरमा रणवीर सिंहको पनि औंठी देखिएको छ । तर, उनको रिङको मुल्य भने बाहिर आएको छैन । बलिउडका यी चर्चित जोडीले विवाहभन्दा अगाडि करीब ६ वर्ष डेट गरेका थिए । 
 
 
पहिलो पटक १४ नोभेम्बरमा बुधबार बिहान ७ बजे दीपिकाको परिवारको मान्यता अनुसार विवाह भएको थियो । पछि १५ नोभेम्बरमा रणवीरको परिवारको मान्यता अनुसार सिन्धी रितिरिवाजको पालन गर्दै दीपिका र रणवीर एकअर्काको भएका हुन् । यो जोडीले २८ नोभेम्बरमा मुम्बई र २१ नोभेम्बरमा बेंगलुरुमा रिसेप्सन पार्टी दिँदैछन् । 
Most Visited News (monthly)