Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चैत १५ मा ‘साइँली’, पोस्टरमा अटेनन् गौरव र दया

फिल्मीखबर, काठमाण्डौ, 2018/11/16
गायक हेमन्त रानाको स्वरमा रहेको चर्चित गीत ‘साइँली’ नाम सापटी लिएर निर्माण भएको फिल्म ‘साइँली’ को फर्स्टलुक पोस्टर र प्रदर्शन मिति घोषणा गरिएको छ । बैदेशिक रोजगारीको कथा वाचन गर्ने फिल्मको पोस्टरमा अभिनेत्री मेनुका प्रधान (साइँली) मात्र फिचर्ड छिन् । 
 
फिल्मको टाइटल अनुसार पोस्टर तयार पारिएको निर्देशक रामबाबु गुरुङले बताए । युट्युबमा डेढ करोडको नजर परिसकेको ‘सुन साइँली’ गीतमा मेनुकाको जोडी अभिनेता गौरव पहाडीसँग बाँधिएको थियो । फिल्ममा पनि यी दुई नै जोडीको रुपमा प्रस्तुत छन् । 
 
 
फर्स्टलुक पोस्टरमार्फत फिल्मको प्रदर्शन मिति चैत १५ लाई घोषणा गरिएको छ । गीतले बोकेको भावलाई फिल्ममा उतारेको निर्माण टिमको भनाई छ । फिल्ममा अभिनेता दयाहाङ राई पनि प्रमुख भूमिकामा छन् । गायक हेमन्त राना र गौरव पहारीले मिलेर फिल्म निर्माण गरेका हुन् । 
 
जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा माओत्से गुरुङ, कृपा सिंह, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको मुख्य भुमिका रहेको छ । निर्देशक गुरुङको कथा रहेको फिल्ममा विशाल गुरुङ र मोहन थापा निर्मातामा छन् । 
 
बिजय अवाले, विकाश पुजास र सुवेक्छा केसी सह-निर्माताको रहेको फिल्मको कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । फिल्ममा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि. कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।
Most Visited News (monthly)