
केही वर्षदेखि बलिउडमा चर्चित व्यक्तिमाथि बायोपिक बन्ने लहर नै सुरु भएको छ । सञ्जय दत्त, महेन्द्र सिंह धोनी, सायना नेहवाललगायतको जीवनमाथि बायोपिक बनिसकेको छ । अब भारतीय फुटबाल टीमका पूर्व कप्तान बाइचुङ भूटियामाथि पनि बायोपिक बन्ने भएको छ ।
सञ्जय दत्त र विवेक ओबरोयको प्रमुख भूमिका रहेको फिल्म ‘जिला गाजियाबाद’ का निर्देशक आनन्द कुमार अहिले बायोपिकमाथि काम गरिरहेका छन् । यो फिल्मका लागि अहिले कुमार अभिनेता र निर्देशकको चयनलाई अन्तिम रुप लिँदैछन् । भूटिया यो फिल्मलाई लिएर निकै खुसी छन् ।
'मेरो यात्रा देखाउनका लागि फिल्म नै सही माध्यम हो', उनी भन्छन्, ‘म आफू सम्मानित महशुस गरिरहेको छु । किनकी, मेरो यात्रा ठूलो पर्दामा देखाउनका लागि योग्य सम्झियो । मलाई विश्वास छ कि आनन्दले मेरो कहानीलाई न्याय गर्नेछन् ।' उनी फुटबलरबाट नेता बनिसकेका छन् ।
'म सिक्किमको एक छोटो सहरमा बस्ने व्यक्ति हुँ । तर, भारतका लागि फटुबल खेल्नु मेरो एकमात्र सपना थिएनँ । म सधैं एक व्यावसायिक फुटबल क्लब बनाउन चाहन्थेँ र यो मेरो सपना ‘यूनाइटेड सिक्किम’ (उनको फटबल क्लब) बाट पूरा भयो ।’ उनले सयभन्दा बढी अन्तर्राष्ट्रिय म्याच खेलिसकेका छन् ।

