Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(15 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘प्रेमगीत ३’ बाट बाहिरिएको छैनँ, ‘भैरवी’ पनि गर्छु : प्रदीप खड्का

फिल्मीखबर, काठमाण्डौ, 2018/11/15
फिल्म 'प्रेमगीत' बाट चम्किएका स्टार हुन् प्रदीप खड्का । अब्बल अभिनय र चकलेटी लुक्सले उनलाई दर्शकमाझ परिचित हुन महाभारतको युद्ध लड्नु परेन । हुनत, उनले 'प्रेमगीत' भन्दा अगाडि 'स्केप' फिल्मबाट डेब्यु गरेका थिए । तर, फिल्मले पोस्टरको पैसा समेत उठाएन । अष्ट्रेलिया जाने तयारीमा रहँदै गर्दा उनलाई निर्देशक सुदर्शन थापाले 'प्रेमगीत' अफर गरेका थिए । दोधारका बीच उनले यो फिल्म साइन गरेका थिए ।
 
'भाग्यमानीको भूतै कमारो' भनेझैं उनले उक्त फिल्मबाट नसोचेको सफलता नापे । अहिले उनको नामले नै फिल्म चल्ने माहोल बनिसकेको छ । 'प्रेमगीत' को दोस्रो भागमा पनि उनी दोहोरिए । फिल्म सफल भयो । यसपछि 'लिलिबिली' गरे । फिल्म राम्रै चल्यो । दुर्भाग्य ! हालसालै प्रदर्शनमा आएको फिल्म 'रोज' भने बक्सअफिसमा चल्न सकेन । तर, उनको डिमान्डमा त्यसले असर गरेको छैन न त स्टारडममा नै । 
 
अहिले उनी भेट्रान निर्देशक उज्जवल घिमिरे निर्देशित फिल्म 'लभ स्टेशन' गरिरहेका छन् । यो फिल्ममा उनी स्वयं निर्माताको रुपमा पनि छन् । 'लिलिबिली' गर्ल जसिता गुरुङसँग फिल्ममा उनको जोडी बाँधिएको छ । 'रोज' ले दिएको असफलताको चोट 'लभ स्टेशन' ले पुर्नेमा उनी विश्वस्त देखिन्छन् । 
 
 
अब उनी २ वर्षका लागि अन्य फिल्म साइन नगर्ने मनस्थितिमा छन् । फिल्मीखबरसँग कुरा गर्दै उनी भन्छन्, 'राम्रो फिल्मबाट अफर आए २ वर्षपछि गर्ने सर्तमा मात्र साइन गर्छु ।' हालै उनले हेमराज विसीको निर्देशनमा बन्न लागेको अनटाइटल प्रोजेक्ट साइन गरेका छन् । यो फिल्मपछि उनी 'प्रेमगीत ३' गर्दैछन् । 
 
'प्रेमगीत ३' बाट बाहिरिएको खबरमा सत्यता नभएको पनि उनले स्पष्ट पारे । ‘‘प्रेमगीत’ छाड्ने त कुरै हुँदैन । यही माघबाट फिल्मको छायांकन सुरु हुने कुरा थियो । मेरो डेटका कारण अर्को माघमा सरेको छ’’, उनले भने । अनि, साइन गरिसकेको फिल्म 'भैरवी' नी ? फिल्मीखबरको प्रश्नमा उनी उक्त फिल्म पनि पाइपलाइनमा रहेको बताउँछन् । 
 
दिनेश राउतले निर्देशन गर्ने र सुवास गिरीले निर्माण गर्ने भनिएको उक्त फिल्मबाट प्रदीप बाहिरिने सम्भावना रहेको सिनेवृतमा चर्चा छ । उनको ठाउँमा अभिनेता पल शाहलाई लिने निर्माण टिमको तयारी छ । निर्माताले पटक-पटक भेट्न बोलाउँदा प्रदीपले वेबास्था गरेपछि 'भैरवी' बाट प्रदीप बाहिरिने प्रवल सम्भावना रहेको स्रोत बताउँछ । 
 
यो फिल्म लगभग ८ महिना अगाडि प्रदीपले १५ लाख पारिश्रमिकमा साइन गरेका थिए । उनले ५ लाख साईनिङ अमाउन्ट पनि बुझिसकेका छन् । उनी उक्त फिल्मबाट बाहिरिएको जानकारी निर्माण टिमबाट आफूलाई नआएको बताउँछन् । उनी भन्छन्, ‘‘लिलिबिली’ पछि 'भैरवी' गर्ने सम्झौता भएको थियो तर निर्देशक दिनेश राउत 'प्रसाद' मा व्यस्त हुनुभयो अनि म 'लभ स्टेशन' मा । यसपछि टिमसँग कुरा भएको छैन ।’’ 
 
उनी उक्त फिल्मबाट बाहिरिए पनि कुनै गुनासो नहुने बोल्छन् । 'राम्रो टिम भएर फिल्म साइन गरेको हुँ । समय मिलाएर म  फिल्म गर्न तयार छु । तर तत्काल चाहिँ सम्भव छैन । किनकी, मैले वचन दिएका अरु फिल्म पाइपलाइनमा छन् । यदी मसँग गर्न चाहनुहुन्न भनेपनि मैले लिएको पैसा फिर्ता गर्न तयार छु', उनले भने । 
Most Visited News (monthly)