Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जिस्म’ को सिक्वेलमा अर्चनाको ठाउँमा रेजिना

फिल्मीखबर, काठमाण्डौ, 2018/11/15
स्वघोषित पोर्नस्टार अर्चना पनेरुको प्रमुख भूमिका रहेको फिल्म ‘जिस्म’ को सिक्वेल निर्माण हुने भएको छ । गएको दुई वर्ष अगाडि प्रदर्शनमा आएको यो फिल्म घरेलु बजारमा पत्तासाफ भएको थियो । तर, निर्देशक राजु गिरी यसको दोस्रो पार्ट निर्माण गर्न कसिएका छन् । 
 
 
फिल्ममा अर्चना भने दोहोरिने छैनन् । नयाँ कलाकारलाई लिँदै निर्देशक गिरीले 'जिस्म २' बनाउँदैछन् । अहिले फिल्मको धमाधम छायांकन भइरहेको छ । हाल फिल्मको छायांकन पर्यटकिय गन्तव्य पोखरामा भइरहेको छ । 
 
पहिलो भाग बनाउँदा चर्को आलोचना खेपेका निर्देशक गिरीले सिक्वेलको निर्देशनको जिम्मेवारी भने सुचिन्द्र परियारलाई सुम्पिएका छन् । गिरीको भने लगानी मात्र रहनेछ । अर्को नयाँ फिल्ममा व्यस्त भएका कारण उनले यस फिल्मको निर्देशनको अभिभारा परियारलाई दिएका हुन् । 
 
फिल्मबाट रमेश बिश्वकर्मा र रेजिना भण्डारीले डेब्यु गर्दैछन् । सुरज कुँवरमाथि फिल्म खिच्ने जिम्मेवारी छ । फिल्ममा अनिल राईको नृत्य, योगेश काजीको संगीत रहेको छ । कथाको माग अनुसार फिल्ममा ग्ल्यामर सिन पनि राखिएको निर्माता गिरी बताउँछन् । 
 
 
सुटिङ सेटबाट प्राप्त तश्बिरमा नव-अभिनेत्री रेजिनालाई बोल्ड अवतारमा देख्न सकिन्छ । फिल्ममा उनले अर्चनाभन्दा ग्ल्यामर सिन दिएको निर्माता गिरीको दाबी छ । आधाउधी छायांकन सकिएको फिल्मलाई नयाँ वर्षमा ल्याउने निर्माण टिमको तयारी छ । 
Most Visited News (monthly)