Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भिलेन’ गीतमा शिल्पाको ठुम्का, निखिलको एक्सन (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/11/14
पुष २७ गतेलाई प्रदर्शन मिति तय गरिएको एक्सन स्टार निखिल उप्रेती अभिनीत फिल्म ‘भिलेन’ को पहिलो गीत इन्टरनेट रिलिज भएको छ । ‘च्यानाकुटी झ्याई झ्याई...’ बोलको गीतमा अभिनेत्री शिल्पा पोखरेललगायतका कलाकार फिचर्ड छन् । अञ्जु पन्त र रामचन्द्र काफ्लेको गीतमा स्वर भरेका छन् । 
 
 
एकनारायण भण्डारीको शब्द रहेको गीतमा लाल कुमार बरालले संगीत भरेका छन् । दीपेन्द्र तिमल्सिना र दीपक श्रेष्ठको गीतमा कोरियोग्राफी छ । गीत अवधिभर निखिललाई लुकाइए पनि अन्तिममा भने उनको एक धमाकेदार एक्सन सिन अटाइएको छ । 
 
निखिलका एक्सन प्रेमी फ्यानलाई फिल्मप्रति आकर्षित गर्न गीतमा पनि उनको एक एक्सन दृश्यलाई निर्माण टिमले स्थान दिएको हो । अभिनेता उप्रेती गत वर्ष प्रदर्शनमा आएको फिल्म 'पिंजडा ब्याक अगेन' पछि पुनः पर्दामा फर्किएका हुन् । 
 
द ग्लोबल पिक्चर प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् । फिल्ममा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् । राजकुमार श्रेष्ठ सह-निर्मातामा छन् । 
 
निखिल र शिल्पाका अलावा फिल्ममा निशा अधिकारी र कपिल खत्री पनि प्रमुख भूमिकामा छन् । फिल्ममा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबु गिरि, लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्वन्द्व छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)