.jpg)
कात्तिक ३० गते दर्शक भेट्न तयार छ फिल्म ‘दैलो’ । गीतसंगीत र ट्रेलरका कारण फिल्मप्रति धेरैको चासो बढेको छ । सार्वजनिक ट्रेलरमार्फत सन्तानप्रति अभिभावकको जिम्मेवारी, दाइजो, लैंगिक विभेद, सन्तानको आमा-बुबाप्रति गैरजिम्मेवारी पन प्रस्तुत गरिएको थियो ।
फिल्मले समाजभित्र घटिरहेको यथार्थ घट्ना बोल्ने निर्देशक तथा निर्माता सुरेश उप्रेती बताउँछन् । उनी भन्छन्, 'बनिरहेका फिल्मभन्दा ‘दैलो’ फरक छ । फिल्ममा बढी कन्टेन्टलाई ध्यान दिएका छौं ।' फिल्ममा उनी स्वयं प्रमुख भूमिकामा छन् ।
प्रचारलाई निर्माण टिमले व्यापकता दिँदै आएपनि फिल्ममा निर्देशक उप्रेतीबाहेक अधिकांश नयाँ कलाकार छन् । किन नयाँ कलाकारको भीड ? निर्देशक उप्रेती कथाको माग रहेको बताउँछन् । 'कलाकार नयाँ भएपनि ‘दैलो’ मा सबैले आफ्नो भूमिकालाई न्यायपूर्वक निभाएका छन्', उनले भने ।
फिल्ममा बिमल भट्टराईको छायांकन र तारा थापाको सम्पादन छ । अर्जुन उप्रेती तथा यसोदा उप्रेतीको निर्माण रहेको फिल्ममा सुरेशका अलावा दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ । फिल्मको कथा निर्देशक उप्रेतीकै हो ।
ट्रेलर हेर्नुहोस् :-

