Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रणवीर-दीपिकाले रिसेप्सनमा गिफ्टको साटो मागे डोनेसन

एजेन्सी, मुम्बई, 2018/11/13
 
बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको रिसेप्सनको कार्ड अहिले सोसल मिडियामा भाइरल भएको छ । मुम्बईमा हुन लागेको ग्रान्ड रिसेप्सनको यो कार्ड एक खास कारणले चर्चामा छ । रणवीर र दीपिका आफ्नो विवाहलाई लिएर निकै पोजेसिभ छन् । 
 
दुबै कुनै पनि हालतमा आफ्नो विवाहसँग जोडिएको कुनै डिटेल्स बाहिर आउन दिएका छैनन् । दुईको विवाह इटलीको लेक कोमोमा हुँदैछ । यसपछि २१ नोभेम्बरमा बेंगलुरू र २८ नोभेम्बरमा मुम्बईमा दुईले विवाहको ग्रान्ड रिसेप्सन दिँदैछन् । विवाहको रिसेप्सन पार्टी कभर गर्नका लागि मिडियालाई विशेष इन्भिटेसन पठाइएको छ । 
 
रिसेप्सन पार्टीमा उपस्थित हुन आउने व्यक्तिले गिफ्ट लिएर नआउन प्रकाशित तश्बिरमा स्पष्ट रुपमा मेनसन गरिएको छ । इन्भिटेसनमा गिफ्टको साटो डोनेट गर्न चाहनेले उनीहरुको फाउन्डेसनलाई दिन सक्ने उल्लेख छ । दीपिका पादुकोण एक फाउन्डेसन चलाउँछिन्, जसको नाम 'लिभ लभ लाफ' हो ।
 
 
आफ्नो रिसेप्सन रणवीर-दीपिकाले यो फाउन्डेसनका लागि च्यारिटी गर्न अपिल गरेका छन् । १४ र १५ नोभेम्बरमा लेक कोमोमा विवाहपछि २८ नोभेम्बरमा मुम्बईको द ग्रेट हयातमा उनीहरुले रिसेप्सन दिँदैछन् । दीपिका-रणवीरले आफ्नो विवाहमा निकै कम व्यक्तिलाई बोलाएका छन् ।
Most Visited News (monthly)