Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

२ महिना अघि नै ‘गोपी’

फिल्मीखबर, काठमाडौं, 2018/11/13
सोलो रिलिजको लोभमा अधिकांश निर्माताहरु फिल्मको रिलिज डेट फ्लोरमा निस्कनुभन्दा अगाडि नै घोषणा गर्ने गर्दछन् । तर, छायांकन सकिएपछि पूर्वघोषित मितिमा निकै कम फिल्म रिलिज हुन्छन् । कहिले बलिउडको ठूलो फिल्म त कहिले नेपालकै प्रतिक्षीत फिल्म भिड्न आउँदा पूर्वनिर्धारित मितिमा फिल्म आउन नसकेको यहाँ धेरै उदाहरणहरु छन् । 
 
मल्टिस्टारर फिल्म ‘गोपी’ पनि पूर्वघोषित मितिभन्दा २ महिना अगाडि सरेको छ । फ्लोरमा निस्कँदै गर्दा निर्माण टिमले फिल्मको प्रदर्शन मिति चैत १५ गतेलाई तय गरेको थियो । अब यो फिल्म २ महिना अगाडि अर्थात् माघ १८ मा आउने कन्फर्म भएको छ । वितरक मनोज राठीले फिल्मीखबरसँग कुराकानी गर्दै यो कुराको पुष्टि गरे । 
 
 
नयाँ वर्षको मुखमा ठूला फिल्म रिलिज हुने हुँदा सेल्फल्यान्डिङ खोज्दै निर्माता र वितरकबीच ‘गोपी’ लाई २ महिना अगाडि सार्ने सहमती भएको खबर छ । यो फिल्म फ्लोरमा निस्कनुभन्दा अगावैदेखि कलाकार इन र आउटका कारण चर्चामा थियो । फ्लोरमा नजाँदै यो फिल्मबाट अभिनेता खगेन्द्र लामिछाने र बर्षा सिवाकोटीले हात झिकेका थिए । 
 
खगेन्द्रको ठाउँ अभिनेता विपिन कार्कीले लिएका छन् भने बर्षालाई अभिनेत्री बर्षा राउतले रिप्लेस गरेकी हुन् । फिल्ममा अभिनेत्री सुरक्षा पन्त पनि प्रमुख भूमिकामा छिन् । यो फिल्म अहिले सम्पादन टेवुलमा छ । 'घामपानी' फेम्ड निर्देशक दीपेन्द्र लामाले फिल्म निर्देशन गरेका हुन् । उनी सञ्चारकर्मी पनि हुन् । 
 
फिल्मले नीजि व्यवसाय गर्ने क्रममा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका वावजुत सफलता हात पार्ने एक युवाको कथा बोल्ने बताइएको छ । आरोही केसी निर्माता रहेको फिल्ममा सञ्चारकर्मी श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् । 
Most Visited News (monthly)