बलिउड अभिनेता सैफ अली खानकी छोरी सारा अली खानको डेब्यु फिल्म ‘केदारनाथ’ को अफिसियल ट्रेलर लञ्च भएको छ । फिल्ममा उनको हिरो सुशान्त सिंह राजपूत छन् । ७ डिसेम्बरमा रिलिज हुने अभिषेक कपूर निर्देशित फिल्म अहिले विवादमा फसेको छ ।

उत्तराखण्डमा केदारनाथका तीर्थ पुरोहितहरुले तिखो प्रतिक्रिया दिएका छन् । उनीहरुले फिल्मले हिन्दूको भावनामाथि आहत पुर्याएको आरोप लगाएका छन् । फिल्म प्रदर्शनमा रोक लगाउन एक बीजेपी नेताले सेन्सर बोर्डलाई पत्र समेत काटेका छन् । फिल्मको कहानीमा नायक मुस्लिम छन्, जसको हिन्दू युवतीसँग प्रेम हुन्छ ।
फिल्मको कहानी केही वर्ष अगाडि केदारनाथमा आएको प्राकृतिक विपत्तिमा थ्रिलिङ एक प्रेम कहानीलाई लिएर छ । नायिका सारा आफ्नो परिवारसँग केदारनाथको धार्मिक यात्रामा निस्किएकी हुन्छन् तर भारी वर्षा र पहिरोले ठूलो विनाश गर्छ । ठूलो संख्यामा श्रद्धालुहरुको मृत्यु हुन्छ ।
दुर्घटनासँग जोडिएको कयौं दृृश्य फिल्मको ट्रेलरमा देखाइएको छ । ट्रेलरको अन्तिममा एक सिन छ, जसमा अभिनेता सुशान्त भगवान शिवको वाहन नन्दीको सिंग समातेर बच्ने कोेशिश गरिरहेका छन् । नायक विनाशको बीच पनि नायिकालाई हरहालमा बचाउन चाहन्छन् ।
ट्रेलर हेर्नुहोस् :-

