Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

१५ लाखमा पूजाले साइन गरिन् ‘सम्हालिन्छ कहिले मन’

फिल्मीखबर, काठमाण्डौ, 2018/11/12
‘प्रेमगीत’ भन्दा अगाडि अभिनेत्री पूजा शर्मा गुमनाम थिइन् । अभिनेता प्रदीप खड्कासँगको सफरले उनलाई रातारात चम्कायो । अहिले उनको नामले नै दर्शक हलसम्म पुग्ने वातावरण बनिसकेको छ । हालसालै उनी अभिनीत फिल्म 'रामकहानी' रिलिज भएको थियो । 
 
 
अब उनी नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ मा व्यस्त हुँदैछिन् । सुदर्शन थापाको निर्देशनमा पुनः काम गर्न लागेकी उनले सोमवार दिउँसो मात्र उक्त फिल्म साइन गरेकी हुन् । यो फिल्ममा न पूजा न त सुदर्शन नै निर्माताको रुपमा रहनेछन् । 
 
ए.वि प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुनेछ । अमित​ कुमार​ ब​स्नेत​ र​ अजित​ कुमार​ थापाको निर्माण रहने फिल्ममा अभिनेत्री पूजाले १५ लाख पारिश्रमिक बुझेकी छन् । निर्माता र अभिनेत्रीबीच भएको कागजी सम्झौतामा रकम पनि उल्लेख छ । 
 
डेढ महिनापछि छायांकन सुरु हुने फिल्ममा पूजाको अपोजिटमा दुई हिरो हुनेछन् । नव–नायक सोनम तोप्देन पक्का भएपनि अर्को नायकको खोजी भइरहेको छ । स्रोतका अनुसार, अहिले अभिनेता आर्यन सिग्देलसँग कुरा भइरहेको छ । यसअघि पूजा र आर्यनले सुदर्शन निर्देशित फिल्म 'मधुमास' मा काम गरेका थिए । 
 
 
पूजा लामो समयदेखि निर्देशक सुदर्शनको क्याम्पमा रहेर फिल्म गर्दै आइरहेकी छन् । अब दुईको सहकार्य बाहिरी ब्यानरमा पनि हुन थालेकोे छ । म्यूजिकल लभ स्टोरी ‘सम्हालिन्छ कहिले मन’ का लागि अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु, सुगम पोखरेलले संगीत दिएका छन् । 
Most Visited News (monthly)