Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आकाशले छाडे ‘वीरविक्रम २’, पल भित्रिए

फिल्मीखबर, काठमाण्डौ, 2018/11/12
लामो समयदेखि स्टारकास्टका कारण चर्चामा रहेको फिल्म ‘वीरविक्रम २’ बाट अभिनेता आकाश श्रेष्ठले हात झिकेका छन् । केही हप्ता अगाडि उनकै उपस्थितिमा फिल्मको औपचारिक घोषणा गरिएको थियो । उनले फेसबुकमा एक स्टाटस लेख्दै फिल्म छाडेको जानकारी दिएका हुन् । 
 
 
‘वीरविक्रम २’ छाड्नुको कारण उनले हजुरबुबा विरामी भएको बताएका छन् । उनले लेखेका छन्, 'हजुरबुबा विरामी हुँदा उहाँको उपचारमा समय लाग्ने भएपछि फिल्मलाई समय दिन नसक्ने भएको छु । मिलन दाईसँग काम गर्न पाउनु मेरो ठूलो सौभाग्य थियो र  खुसी थिएँ तर यो टिमलाई साथ दिन सकिनँ ।' 
 
उनले फिल्ममा आफू आबद्ध नभएपनि ‘वीरविक्रम २’ लाई सफलताको शुभकामना दिएका छन् । उनले भविष्यमा निर्देशक चाम्ससँग काम गर्ने चाहना रहेको पनि बताएका छन् । आकाशले फिल्म छाडेसँगै उनको ठाउँमा अभिनेता पल शाह भित्रिएका छन् । सोमवारमात्र निर्माण टिम र पलबीच कागजी सम्झौता भएको हो । 
 
अब उनी फिल्ममा वीरको भूमिकामा हुनेछन् । फिल्ममा नाजिर हुसेन, बर्षा सिवाकोटी, बुद्दि तामाङ, विनिसा भण्डारी, शिशिर राणा, क्षितिज सुवेदीलगायतका कलाकारहरु भने यथावत छन् । पलले अभिनेत्री बर्षासँग रोमान्स गर्नेछन् । फिल्मलाई मिलन चाम्सले निर्माण र निर्देशन गर्दैछन् । 
 
 
अर्पण सापकोटा सह-निर्माता रहेको फिल्मको कथा प्रदीप भारद्वाजले तयार पारेका हुन् । रंजित गजमेर, राजनराज सिवाकोटी, तारा प्रकाश लिम्बुको संगीत रहने फिल्ममा सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व, बनिष शाहको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । 
Most Visited News (monthly)