Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जात्रै जात्रा’ टिजरमा बर्षा किन बेपत्ता ?

फिल्मीखबर, काठमाण्डौ, 2018/11/12
गएको दुई वर्ष अगाडि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ को शनिबार टिजर रिलिज भयो । टिजर रिलिजसँगै फिल्मको औपचारिक रुपमा छायांकन पनि आरम्भ भएको छ । प्रदीप भट्टराईको निर्देशन रहने उक्त फिल्ममा कलाकारको ठूलै भीड छ । 
 
पहिलो सिरिजका विपिन कार्की, रबिन्द्र झा, रविन्द्र सिंह बाँनिया, बर्षा राउत प्रमुख भूमिका दोहोरिएका छन् । दोस्रो सिरिजमा अभिनेता दयाहाङ रार्इ पनि जोडिएका छन् । यो सरप्राइज निर्माण टिमले टिजरमा मात्र खोलेको हो । ‘यति चाँडै मर्न दिन्छु म, हिसाब किताब नबुझाइ’, उनको टिजरमा संवाद छ । 
 
यस फिल्ममा दयाहाङ भित्रिएको विषयमा निर्माण टिमले यसअघि कुनै जानकारी दिएको थिएन । टिजरमार्फत उक्त सस्पेन्स खोलिएको हो । टिजरमा तीन पुरुष पात्रको दौडधुप देखाइएको छ । दयाहाङ भिलेनको भूमिकामा हुनसक्ने टिजरबाट अडकल काट्न सकिन्छ । 
 
 
रोचक कुरा के छ भने फिल्मकी प्रमुख पात्र अभिनेत्री बर्षा राउत टिजरमा एक झलक पनि देखिएकी छैनन् । 'किन अभिनेत्रीलाई चाहिँ हेला ?' निर्देशक भट्टराई टिजरको कन्सेप्टमा नअटेका कारण बर्षालाई नराखिएको बताए । भन्छन्, 'हेला गरिएको होइन । उहाँको फिल्ममा स्ट्रोङ रोल छ ।' 
 
अभिनेता दयाहाङको पनि फिल्ममा लिड रोल रहेको उनले बताए । भिलेनको रोल हो ? फिल्मीखबरसँग कुरा गर्दै उनी भन्छन्, 'हिरो र भिलेन दुबै हो । हिरोमा भिलेन मिसिएको छ ।' उनी सार्वजनिक टिजरको युट्युबको कमेन्टमा दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रियाले उत्साहित देखिन्छन् । 
 
'शत्रु गते' बाट सफलता नापेका उनी ‘जात्रै जात्रा’ को टिजरले निर्माण गरेको हाइपले थप चुनौती थपिएको बताउँछन् । फिल्मको टिजरलाई युट्युबमा अधिकांशले राम्रो बोलेका छन् । धेरैले अभिनेता रबिन्द्र झाले बोलेको ‘काठमाडौंमा मर्ने वातावरण पनि छैन’ भन्ने संवाद मन परेको प्रतिक्रिया दिएका छन् । 
 
फागुन १७ गते अभिनेता अनमोल केसी स्टारर फिल्म 'क्याप्टेन' सँग भिड्न लागेको यो फिल्मको कार्यकारी निर्मातामा कलाकार रविन्द्र सिंह छन् । सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा रहेका छन् । शिवराम श्रेष्ठमाथि फिल्म खिच्ने अभिभारा छ । 
 
टिजर हेर्नुहोस् :-

Most Visited News (monthly)