Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयो मनीषा कोइरालाको आत्मकथा

एजेन्सी, मुम्बई, 2018/11/12
पाठेघरको क्यान्सरलाई मात दिएकी नेपाली मुलकी बलिउड अभिनेत्री मनीषा कोईरालाले आफ्नो संघर्ष एवं नीजि कुरा 'हील्ड' नामक पुस्तकमा बयान गरेकी छन् । उनले शनिबार आफ्नो उक्त पुस्तकको पर्दा हटाइन् । क्यान्सरबाट छुट्कारा पाएपछि आफूले नयाँ जीवन पाएको उनी बताउने गर्छिन् ।
 
मनीषाले किताबको मुख्यपुष्ठको साथ ट्वीट गरेकी छन्, 'क्यान्सरबाट बचेर जीवनलाई फेरि जिउनु र आफूलाई फेरि पाउनुको एक सबक हो ।' उनले नीलम कुमारसँग मिलेर उक्त किताब तयार पारेकी हुन् । किताबको उपशीर्षक छ, 'क्यान्सरले मलाई नयाँ जिन्दगी दियो ।' 
 
 
मनीषाले क्यान्सरबाट नयाँ जीवनको सुरुवात गरेको ६ वर्ष भइसकेको छ । यो दौरानमा उनले निराशा, अनिश्चितता र डरको सामना गरेकी थिइन् । अब उनको मनोभाव उक्त किताबको पान्नामा अटाइएको छ । उनले हालै संजय दत्तको जीवनीमा आधारित फिल्म 'सञ्जू' मा काम गरेकी थिइन् । 
 
मनीषालाई वर्ष २०१२ मा क्यान्सर डाइग्नोस गरिएको थियो । उनले किताबमा आफ्नो यही कहानीको बारेमा लेखेकी छन् । वर्क फ्रन्टको कुरा गर्ने हो भने 'सञ्जु' मा उनको भूमिकालाई दर्शकले निकै रुचाएका थिए । फिल्मले बक्सअफिसमा पनि सानदार कमाई गरेको थियो । 
 
उनले आफ्नो करिअरको सुरुवात १९८९ मा आएको नेपाली फिल्मबाट गरेकी थिइन् । त्यसो त मनीषाले बलिउडमा कयौं सुपरहिट फिल्म दिएकी छन् तर मद्यपान र ड्रग्सको लतले उनको फिल्मी करिअर बर्बाद गर्‍यो । अहिले उनी फिल्ममा कम आफ्नो स्वास्थ्यलाई लिएर चिन्तित हुने गरेकी छन् । 
Most Visited News (monthly)