Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमिरको फिल्म कमजोर बन्दा ‘चङ्गा चेट’ लाई फाइदा

फिल्मीखबर, काठमाण्डौ, 2018/11/12
बलिउडका ठूला ब्यानरका फिल्म रिलिज रिलिज हुँदा त्यसको असर नेपालमा पनि पर्ने गरेको छ । विशेषगरि सलमान खान, आमिर खान र शाहरुख खानका फिल्म रिलिज हुँदा नेपाली फिल्म कुनै रिलिज हुँदैनन् । यसैले त बलिउड फिल्मको पोस्टर र ट्रेलरपछि मात्र नेपाली फिल्मको प्रदर्शन मिति तय गर्ने गरिन्छ । 
 
ताजा उदाहरण आमिर खान अभिनीत नयाँ फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ लाई लिन सकिन्छ । दीपावलीमा रिलिज भएको यो फिल्मसँग जुध्न कुनै नेपाली फिल्म रिलिज भएनन् । हल नपाइने र दर्शक तान्न नसकिने डरले निर्माताहरु कुना पसे । यो फिल्म रिलिजको ६ दिन अगाडि भने दुई फिल्म ‘चङ्गा चेट’ र 'मालिका' रिलिज भएका थिए । 
 
 
एकतिर दशैं रिलिज 'छक्का पञ्जा ३' र 'जय भोले' को थ्रेट अनि अर्कोतिर बलिउड फिल्म ‘ठग्स अफ हिन्दोस्तान’, ‘चङ्गा चेट’ र 'मालिका' दुई ढुङ्गाबीचको तरुल भएका थिए । तर, आमिरको फिल्मको 'वर्ड अफ माउथ' कमजोर हुँदा यसको प्रत्यक्ष फाइदा ‘चङ्गा चेट’ लाई भएको छ । अहिले उक्त फिल्म हेर्ने दर्शक विस्तारै बढ्न थालेका छन् । 
 
'पशुपतिप्रसाद' फेम्ड निर्देशक दीपेन्द्र के. खनालको डार्क कमेडी फिल्म हेर्ने दर्शकको संख्या दोस्रो साताबाट वृद्धि हुन थालेको हल सञ्चालकले बताएका छन् । गएको शुक्रवार र शनिबार फिल्म देशभर हाउसफुल रहेको निर्देशक खनाल बताउँछन् । आइतबारबाट पनि दर्शक राम्रो रहेको उनले बताए । 'राम्रो फिल्म बनाए नेपाली फिल्म चल्ने रहेछ', उनी खुसी हुँदै भन्छन् । 
 
दोस्रो सातामा ‘ठग्स अफ हिन्दोस्तान’ का कारण मल्टिप्लेक्समा फिल्मको सोजमा ठूलो गिरावट आएको थियो । तर, ‘ठग्स’ को नकारात्मक प्रतिक्रियाले ‘चङ्गा चेट’ को सोजमा वृद्धि हुन थालेको छ भने दर्शकको पहिलोे रोजाई बन्न थालेको छ । सिंगल स्कृनमा पनि फिल्मले कब्जा जमाउन थालेको वितरक बताउँछन् । फिल्मले एक हप्तामा डेढ करोड ग्रस कलेक्सन गरेको खबर प्राप्त छ । 
 
दाम हुनेहरुको रवाफ र नहुनेहरुको संघर्षको कथा वाचन गरेको फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले संयूक्त रुपमा निर्माण गरेका हुन् । 'गोजीमा दाम छैन' गीतका कारण चर्चामा रहेको फिल्ममा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, सन्दिप क्षेत्री, परमिता आरएल राणा, सुरक्षा पन्त, रबिन्द्र झालगायतका कलाकारहरुको अभिनय रहेको छ । 
Most Visited News (monthly)