Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘समर लभ’ पोस्टरमा अतित र सायाको प्रेम

फिल्मीखबर, काठमाण्डौ, 2018/11/12
युवा लेखक सुबिन भट्टराईद्वारा लिखित चर्चित पुस्तक ‘समर लभ’ माथि निर्माण भएको फिल्म ‘समर लभ’ को फर्स्टलुक पोस्टर र प्रदर्शन मिति घोषणा गरिएको छ । महाशिवरात्रीमा रिलिज हुने चर्चा भएपनि अन्ततः उक्त फिल्म भ्यालेन्टाइन डेलाई लक्षित गर्दै माघ २५ गते हलमा लाग्ने भएको छ । 
 
 
सार्वजनिक पोस्टरमा भने फिल्मका मुख्य कलाकार सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री अटाएका छन् । फिल्मबाट आशिष र रेवतीले डेब्यु गर्दैछन् । आशिष 'अतित' र रेवती 'साया' को भूमिकामा छन् । ‘नाइँ नभन्नू ल ३’ फेम्ड निर्देशक मुस्कान ढकालले फिल्मको निर्देशन गरेका हुन् । 
 
फ्लोरमा निस्किएको लगभग एक वर्षपछि उक्त फिल्म प्रदर्शनमा लागि तयार भएको हो । निर्देशक ढकालले विदेशको सुटिङ र फिल्ममाथिको अपेक्षालाई पूरा गर्ने गरी तयार गरिरहँदा समय लागेको बताए । ‘किताबको हाइप पूरा गर्न पनि फिल्ममा धेरै मेहनत गर्नुपर्ने थियो । अब हामी दर्शकलाई अपेक्षा गरे अनुरुपको फिल्म पस्कन तयार छौं’, ढकालको भनाइ छ । 
 
सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । 
 
स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । फिल्ममा पुष्पन प्रधानको संगीत रहेको छ भने फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् । फिल्मको सम्पादक अर्जुन जिसी रहेका छन् । 
Most Visited News (monthly)