Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ठग्स’ को विकेन्ड कमाई सय करोड, दर्शक र समीक्षकले भने-‘झुर’

एजेन्सी, मुम्बई, 2018/11/11
 
बलिउड सुपरस्टार आमिर खान र अमिताभ बच्चन स्टारर फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ ले पहिलो दिन बक्सअफिसमा जबरजस्त कलेक्सन गरेको थियो । तर, क्रिटिक्स र दर्शकको रियाक्सनपछि फिल्मको विजनेशमा निकै नोकसान भएको छ । पहिलो दिन ५२ करोड कमाएको फिल्मले तेस्रो दिन जम्मा २२ करोड कमाएको छ । 
 
दोस्रो दिन फिल्मले २८ करोड कमाएको थियो । तेस्रो दिनको कमाईसँगै फिल्म तीन दिनमा नै सय करोड क्लबमा इन्ट्री भएको छ । फिल्मले पहिलो दिन ५० करोड ७५ लाख, दोस्रो दिन २८ करोड २५ लाख र तेस्रो दिन २२ करोड ७५ लाखको कमाई गरेको छ । ‘झुर’ रेस्पोन्ससँगै फिल्मको कलेक्सनमा ठूलो गिरावट आउन थालेको छ । 
  
फिल्मको विजनेशमा आएको गिरावटको कुरा गर्ने हो भने दोस्रो दिन ४४.३३ प्रतिशत छ । यस्तै, तेस्रो दिन १९.४७ प्रतिशत गिरावटमा दर्ता भएको छ ।  यो फिल्म फिलिप टेलर्सको उपन्यास ‘कन्फेशन अफ ठग्स’ मा आधारित छ । फिल्मको निर्देशन विजय कृष्ण आचार्यले गरेका हुन् । 
 
उक्त फिल्म तीन भाषामा रिलिज भएको छ । हिन्दीसँगै फिल्मलाई तमिल र तेलुगूमा पनि डब गरिएको छ । फिल्ममा अमिताभ बच्चन (खुदाबक्श), आमिर खान (फिरंगी), फातिमा सना शेख (जफीर), कटरीना कैफ (सुरैया)  र लायड (जोन क्लाइव) को भूमिकामा छन् । 
 
आमिरको नाममा छ यो रेकर्ड 
 
१. वर्ष २०१३ मा रिलिज भएको यशराज ब्यानरको तल बनेको फिल्म 'धूम ३' ले पहिलो दिन धमाकेदार कमाई गरेको थियो । यसको (तमिल र तेलुगू भर्जन मिलाएर) कुल ३६ करोड २२ लाखको ओपनिङ गरेको थियो । 
 
२. वर्ष २०१६ मा आएको फिल्म ‘दंगल’ ले कमाईको मामलामा सबै रेकर्ड आफ्नो नाम गरेको थियो । यो फिल्मले पहिलो दिन बक्सअफिसमा (तमिल र तेलुगू भर्जन मिलाएर) २९ करोड ७८ लाखको कमाई गरेको थियो ।  
 
३. ठूलो ओपनिङ हासिल गर्ने मामलामा आमिरको चौथो फिल्म 'पिके' हो । वर्ष २०१४ मा आएको यो फिल्मले पहिलो दिन भारतीय बजारमा २७ करोड कमाएको थियो । 
 
४. आमिरको पाँचौ ठूलो ओपनिङ हासिल गर्ने फिल्म हो ‘तलाश’। वर्ष २०१२ मा रिलिज भएको फिल्मले पहिलो दिन १३ करोड कमाएको थियो ।  
Most Visited News (monthly)