Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लक्ष्मी पूजामा ‘प्रसाद’ को पोस्टर

फिल्मीखबर, काठमाण्डौ, 2018/11/07
‘लै लै’ गीतले फिल्म ‘प्रसाद’ को राम्रो हाइप निर्माण गरेको छ । दोस्रो गीत ‘बनकी चरी’ ले पनि फिल्मलाई निकै चर्चा दिलायो । हालै सार्वजनिक भएको ट्रेलरले दर्शकमा फिल्मप्रति थप कौतुहलता बढाएको छ । विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठ फिल्ममा प्रमुख भूमिकामा छन् ।
 
 
लभस्टोरी फिल्म बनाउन माहिर मानिने दिनेश राउत निर्देशित फिल्मको तीन अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । तिहारको शुभकामना दिँदै निमाण टिमले लक्ष्मी पूजाको अवसरमा पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका प्रमुख तीन पात्र प्रस्तुत छन् । 
 
तीन पोस्टरमार्फत तीन पात्रको फरकफरक भाव व्यक्त गरिएको छ । निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा फिल्मले बोल्छ । मंसिर २१ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । 
 
‘प्रसाद’ लाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मलाई राजेश श्रेष्ठले खिच्नेका हुन् । लोकेश बज्रचार्यको सम्पादन रहेको फिल्ममा विकास सुवेदी सह-निर्देशकका रुपमा छन् । सुवाष भुषालको संगीत रहेको फिल्ममा हिमाल केसीको थ्रिल छ । 
Most Visited News (monthly)