Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानले कपिलको शो निर्माण गर्ने

एजेन्सी, मुम्बई, 2018/11/07
 
कमेडी किंग कपिल शर्मा टिभीमा धमाकेदार कमब्याकका लागि तयार छन् । डिसेम्बरमा बिहेपछि उनी सानो पर्दामा कमेडीको स्वाद लिएर आउनेछ । तर, के तपाईहरु थाहा छ कमेडी किंगको कमब्याकमा बलिउड सुपरस्टार सलमान खानको महत्वपूर्ण योगदान छ ? 
 
मिडिया रिपोर्ट्सका अनुसार, कपिलको कमेडी शोको निर्माण सलमान खानको प्रोडक्शन हाउसले गर्नेछ । अर्को महिना १६ डिसेम्बरबाट कपिल सुटिङ पनि सुरु गर्दैछन् । पहिला कपिलको ब्यानरले नै शोको निर्माण गर्दै आइरहेको थियो । तर, 'फेमिली टाइम विद कपिल शर्मा' को निर्माणको जिम्मेवारी च्यानलले अरुलाई नै दिएको थियो । 
 
मिड डेको रिपोर्ट अनुसार, कपिलको शोको लागि फिल्म सिटीको आठौं फ्लोरमा सेट पनि बनिरहेको छ । त्यही ठाउँमा उनले पुरानो सिजन सकाएका थिए । अर्को खुसीको खबर के छ भने १२ डिसेम्बरमा कपिल शर्मा जालन्धरमा आफ्नी प्रेमिका गिन्‍नी चतरथसँग बिहे गर्दैछन् । १४ डिसेम्बरमा रिसेप्सन पार्टी राखिएको छ । 
 
कपिलले आफ्नो विवाहको मिति कन्फर्म गर्दै आईएएनएससँग भने, 'बिहे १२ डिसेम्बरमा गिन्नीको होम टाउन जालन्धरमा हुनेछ । हामी यो समारोहलाई सादा राख्न चाहन्थ्यौं तर गिन्नी एउटै छोरी हुन्, यसकारण उनको परिवार धूमधामसँग गर्न चाहन्छन् । म उहाँहरुको भावना बुझ्छु । मेरी आमा पनि यही चाहनुहुन्छ ।'
 
लामो समय विवादमा रहेपछि कमेडियन शर्माले आफूलाई लाइमलाइटबाट टाढा राखेका थिए । उनका फ्यान टिभीमा कमब्याकको प्रतिक्षा गरिरहेका छन् । विवादका कारण उनी निकै तनावमा पनि रहेका थिए । बिरामीका कारण उनको वजन निकै बढेको थियो । अब वजन घटाएर कमब्याकका लागि कपिल तयार छन् । 
Most Visited News (monthly)