Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पुष्पसँग रोमान्स गर्न साम्राज्ञीले लिइन् १५ लाख

फिल्मीखबर, काठमाण्डौ, 2018/11/06
 
निर्देशक नवल नेपाल पारिवारिक फिल्म बनाउन माहिर मानिन्छन् । गत वर्ष उनी निर्देशित फिल्म 'मंगलम' रिलिज भएको थियो । उनले 'लज्जा', 'भाग् सानी भाग्', 'तश्विर', 'महशुस' लगायतका फिल्म पनि निर्देशन गरिसकेका छन् । यस वर्ष उनी नयाँ फिल्म लिएर आउँदैछन् । 'अझै पनि' निर्मात्री पुनम गौतमको निर्माण रहने फिल्ममा उनी निर्देशकको रुपमा छन् । 
 
माघ अन्तिम साताबाट फ्लोरमा जाने बताइएको अनटाइटल प्रोजेक्ट लामो समयदेखि चर्चामा छ । फिल्ममा अभिनेता पुष्प खड्का र बेलायतले भिषा रिजेक्ट गरेपछि 'लिलिबिली' मा प्रदीप खड्कासँग रोमान्स गर्न नपाएकी रेबिका गुरुङ अनुबन्ध भइसकेका छन् । अभिनेत्री दीपिका प्रसाईँ पनि फिल्ममा भित्रिएको बजारमा चर्चा थियो । 
 
अन्ततः दीपिकालाई अहिलेकी 'हटकेक' साम्राज्ञी आरएल शाहले रिप्लेस गरेकी छन् । हालै निर्माता र अभिनेत्रीबीच कागजी सम्झौता भएको छ । १५ लाख पारिश्रमिकमा अनुबन्ध भएकी उनको जोडी पर्दामा पुष्पसँग बाँधिनेछ । निर्देशक नेपालले फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित हुने जानकारी दिए । 
 
दीपिकालाई 'नो' भनेर साम्राज्ञी रोज्नुको कारण के थियो ? फिल्मीखबरको प्रश्नमा निर्देशक नेपाल भन्छन्, 'दीपिका जीसँग एक चरण मात्र कुरा भएको हो । मिडियामा उनी अनुबन्धित भएको खबर आउँदा उनले फिल्म साइन गरेकी थिइनन् । मैले चाहिँ निर्मात्री गौतमसँग साम्राज्ञीलाई नै लिनु पर्छ भनेर भनिरहेको थिएँ ।' 
 
 
स्क्रिप्ट र भूमिका मन परेपछि साम्राज्ञीले फिल्म साइन गरेको उनले बताए । साम्राज्ञी शहरिया युवायुवतीले रुचाएकी अभिनेत्री हुन् । निर्देशक नेपाल पारिवारिक फिल्ममा फिट मानिन्छन् । सहकार्य कस्तो होला ? फिल्म पारिवारिक भएपनि यसपटक आधुनिकिकरणतर्फ जोड दिएको निर्देशक नेपालले बताए । 
 
यसअघि 'मंगलम' मा साम्राज्ञीलाई नवलले निर्देशन गरेका थिए । उता, अभिनेत्री साम्राज्ञी फिल्ममा अनुबन्ध भएपछि निर्मात्री पनुमले ढुक्कको सास फेरेकी छन् । अब उनी फिल्मले लगानी उठाउन गाह्रो नहुनेमा विश्वस्त छिन् । 
 
'कथाको माग नै साम्राज्ञी थिइन् । अन्ततः जे चाहेका थियौं त्यही भयो । कथा र भूमिका मन परेपछि उनले सजिलै फिल्म साइन गरिन्', निर्मात्री गौतमले भनिन् । अभिनेत्री दीपिकाले व्यस्तताका कारण फिल्म गर्न नसकेको उनले प्रष्ट पारेकी छन् । 
Most Visited News (monthly)