Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केकीलाई ‘क’ फापेकै हो ?

फिल्मीखबर, काठमाण्डौ, 2018/11/05
 
अभिनेत्रीको रुपमा आफूलाई स्थापित गरिसकेकी केकी अधिकारीले यस वर्ष फिल्म ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरिन् । फिल्ममा उनी स्वयंको प्रमुख भूमिका थियो । साथमा थिए प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ, विनोद न्यौपाने पनि । 
 
फिल्मले घरेलु बजारमा सुखद व्यापार गरेको थियो । करोडको केक काटेपछि फिल्म विदेशमा पनि राम्रो विक्यो । अब केकी फेरि दोस्रो पटक आफ्नो ब्यानरबाट नयाँ फिल्म निर्माण गर्दैछिन् । ‘क’ फाप्ने बताउने उनी अब ‘कन्याकुमारी’ नाममा फिल्म बनाउँदैछिन् ।
 
हाल फिल्मको कथा लेखनको काम भइरहेको छ । फिल्ममा पाँच जना नायिका हुने केकीले जानकारी दिइन् । प्रियंका र ऋचालाई दोहोर्‍याउने इच्छा भएपनि फाइनल भने नभएको उनले बताइन् । ‘कोहलपुर एक्सप्रेस’ बाट निर्देशनमा डेब्यु गरेका विशाल भण्डारीले नै उक्त फिल्म निर्देशन गर्ने फाइनल भएको छ । 
 
फागुनबाट छायांकन सुरु हुने फिल्म महिला केन्द्रित हुने बताइएको छ । 'कमेडीसँगै फिल्मले समाजिक विषयवस्तुलाई उठान गर्नेछ', उनले भनिन् । ‘क’ नामको पहिलो फिल्म औषत चलेको थियो । अब केकीलाई फेरि ‘क’ नाम कति फाप्ला ? प्रतिक्षा गर्नैपर्ने हुन्छ । 
 
उनी भने ‘क’ नामबाट दोस्रो फिल्म बनाउन लाग्नु संयोग मात्र रहेको बताउँछिन् । उक्त फिल्मलाई केकी स्वयमले निर्देशन गर्ने सिनेवृतमा चर्चा थियो । यस विषयमा उनी भन्छिन्, 'यो प्रोजेक्ट गर्दिनँ । चाँडै अध्ययनका लागि बाहिर जाँदैछु । त्यसपछि निर्देशनमा होमिने सोच छ ।' 
Most Visited News (monthly)