Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बधाई हो’ : सय करोड कमाउने वर्षको दशौं फिल्म

एजेन्सी, मुम्बई, 2018/11/05
 
आयुष्मान खुराना र सान्या मल्होत्रा स्टारर फिल्म ‘बधाई हो’ ले भारतीय बक्सअफिसमा सय करोडको आँकडा पार गरेको छ । यो सँगै उक्त फिल्म सय करोड कमाउने वर्षको दशौं फिल्म बनेको छ । फिल्मले प्रदर्शनको १७ दिनमा यो सफलता चुमेको हो । 
 
यसभन्दा अगाडि यस वर्ष सय करोड क्लबमा केही ठूला बजेटका फिल्म त केही कम बजेटका फिल्म सामेल छन् । यस वर्ष सञ्जय लीला भंसालीको फिल्म 'पद्मावत' यो क्लबमा सबैभन्दा अगाडि इन्ट्री भएको थियो । फिल्मले घरेलु बजारबाटै तीन सय करोड कमाएको छ । 
 
यसपछि राजकुमार हिरानीको फिल्म 'सञ्जू', 'बागी २', 'रेस ३', 'गोल्ड', 'स्त्री', 'सोनू के टीटू की स्वीटी', 'राजी' जस्ता फिल्मले पनि सानदार प्रदर्शन गर्दै सय करोडभन्दा बढी कमाउन सफल भएका थिए । अघिल्ला वर्षभन्दा यस वर्ष बलिउड फिल्मको व्यापार निकै राम्रो देखिएको छ । 
 
‘बधाई हो’ को कुरा गर्ने हो भने क्रिटिक्स र दर्शकले फिल्मलाई निकै रुचाएका छन् । नीना गुप्ता, गजराज रावको पनि प्रमुख भूमिका रहेकोे यो फिल्म २० करोडमा निर्माण भएको हो । फिल्मको सफलतासँगै आयुष्मान बलिउडका शक्तिशाली अभिनेतामा दरिएका छन् । 
Most Visited News (monthly)