Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगात र सलोनको ‘घनचक्कर’ रिलिज घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2018/11/05
 
सम्पूर्ण छायांकन सकिएर हाल सम्पादन टेवुलमा रहेको फिल्म ‘घनचक्कर’ को अफिसियल रिलिज डेट घोषणा गरिएको छ । निर्देशक जितेन्द्र राजोपाध्यायले पुष १३ लाई फिल्मको रिलिज डेट लक गरेको फिल्मीखबरलाई जानकारी दिए । 
 
फिल्ममा अभिनेता द्वय सौगात मल्ल र सलोन बस्नेत प्रमुख भूमिकामा छन् । हाल प्रदर्शनरत फिल्म 'जय भोले' मा पनि उनीहरुले सँगै काम गरेका थिए । दुबै अभिनयमा अब्बल मानिने कलाकार हुन् । गाउँले दाजु-भाईको रुपमा प्रस्तुत भएका उनीहरुको भूमिका एकसेएक रहेको निर्देशकले बताए । 
 
'काठमाडौंमा आएर स्ट्रगल गर्ने पात्रको कथा हो ‘घनचक्कर’ । सौगात र सलोनकै वरिपरि फिल्म घुमेको छ', उनले भने । फिल्ममा दुईको द्वन्द्वले दर्शकलाई रोमाञ्चक बनाउने उनको विश्वास छ । सुशन प्रजापतिले फिल्म खिचेका हुन् । 
 
फिल्ममा जेबी डिसी, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी, दामोदर पौडेल, जनक घर्तिमगर, प्रवन भुसाललगायतका कलाकारहरुको पनि अभिनय छ । यो फिल्म भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । 
Most Visited News (monthly)