Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘‘लभ स्टेशन’ मा प्रदीप र जसिताको उत्कृष्ट काम’’ : निर्देशक घिमिरे

फिल्मीखबर, काठमाण्डौ, 2018/11/04
 
गत वर्ष प्रदर्शनमा आएको फिल्म 'लिलिबिली' मा निकै रुचाइएको जोडी प्रदीप खडका र जसिता गुरुङलाई दर्शकले पुनः दोस्रो पटक पर्दामा हेर्न पाउँदैछन् । फिल्म ‘लभ स्टेशन’ मा यो कपलले दोस्रो पटक सहकार्य गरेका छन् । हाल फिल्मको छायांकन भइरहेको छ । फिल्ममा भेट्रान निर्देशक उज्जवल घिमिरेको एक्सन-कट छ । 
 
दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिशत छायांकन सकेर दशैंलगत्तै निर्माण टोली नेपालको इलामको पशुपतिनगर झरेको थियो । एक साताको इलाम बसाईमा पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिशत छायांकन सकेर फिल्म यूनिट दुई दिनअघि काठमाडौं फर्किएको छ  । 
 
 
निर्देशक घिमिरेले काठमाडौंमा बाँकी १० प्रतिशत छायांकन भइरहेको जानकारी दिए । तिहारसम्म काठमाडौंको सेड्युल पूरा गर्ने उनको तयारी छ । 'लक्ष्मी पुजासम्म करिब ९० प्रतिशत छायांकन सक्दैछौं', निर्माता मध्येका गोविन्द शाही भन्छन्, 'अब तिहारपछि बाँकी एउटा गीत मनाङको विभिन्न सुन्दर स्थानमा र एउटा गीत जापानमा खिच्दै छायांकन सम्पन्न गर्नेछौं ।'
 
‘लभ स्टेशन’ लाई सांगीतिक प्रेमकथामा आधारित पारिवारिक फिल्म बताइएको छ । जसमा प्रदीप र जसिताले अहिलेसम्मकै उत्कृष्ट काम गरेको निर्देशक घिमिरेको भनाई छ । फिल्मभित्र ‘लभ स्टेशन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याए । काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले फिल्म निर्माण गरेका हुन् । 
 
 
रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोललगायतको पनि फिल्ममा अभिनय छ । आलोक शुक्लाको छायांकन रहेको फिल्ममा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । अभिनेता खड्का फिल्ममा गायकको भूमिकामा छन् । 
Most Visited News (monthly)