Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

अक्षय भन्छन्, ‘‘२.०’ मा जति मेकअप पूरै जिन्दगीमा गरिनँ’’

एजेन्सी, मुम्बई, 2018/11/04
 
बलिउड र साउथ इन्डस्‍ट्रीका दुई ठूला सुपरस्‍टार अक्षय कुमार र रजनीकान्तको फिल्म ‘२.०’ को ट्रेलर रिलिजसँगै सुपरहिट भएको छ । ट्रेलरमा देखिएको जबरजस्त भिएफएक्‍स र एक्सन सिनलाई दर्शकले निकै तारिफ गरेका छन् । हिन्दी, तमिल र तेलगु भाषामा रिलिज भएको ट्रेलरमा अक्षय खतरनाक लुक्समा देखिएका छन् । 
 
ट्रेलर रिलिज कार्यक्रममा अक्षय कुमारले शनिबार भने, ‘‘२.०’ मा मैले आफ्नो भूमिकाका लागि जति मेकअप गरेको छु, त्यति मैले अहिलेसम्मको जिन्दगीमा कहिल्यै गरिनँ ।’’ शनिबार चेन्नईमा एक ग्रान्ड इभेन्टका बीच यो फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलर रिलिज कार्यक्रममा फिल्मको पूरै स्टारकास्ट उपस्थिति थिए । 
 
कमल हासन र 'बाहुबली' का निर्देशक एस.एस. राजामौलीले पनि भिडियो सन्देशमार्फत फिल्मलाई सफलताको शुभकामना दिएका थिए । अक्षय कुमार यस फिल्ममा खलनायकको भूमिकामा देखिएका छन् । साथै, यो फिल्म उनको करिअरको पहिलो साउथ इन्डियन फिल्‍म पनि हो । 
 
अक्षयले फिल्ममा काम गर्नु चुनौतीपूर्ण रहेको बताएका छन् । उनलाई  ‘२.०’ को ट्रेलरमा सेलफोन प्रयोग गर्नेहरुको दुश्मनको रुपमा देख्न सकिन्छ । फिल्मलाई एस शंकरले निर्देशन गरेका हुन् ।  फिल्ममा रजनीकान्त र अक्षय कुमारका अलावा अभिनेत्री एमी ज्याक्सन पनि प्रमुख भूमिकामा छिन् ।
Most Visited News (monthly)