कात्तिक ३० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘अनुग्रह’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज गरिएको छ । कुमार केसीको निर्देशन रहेको फिल्मको ट्रेलरमा माता-पिताको सन्तानप्रतिको प्रेम देखाइएको छ ।
ट्रेलर हेर्नुहोस् :-
एल.भी. सिने मेकर्स र अनुराग फिल्म्सको प्रस्तुती रहेको फिल्ममा सुभाष मेचे, रोहण सेन्चुरी, अर्ती गुप्ता, सञ्जय न्यौपाने, राज गिरी, क्रिस्टिना रार्इ, दीपशिखा सिलवाललगायतको अभिनय छ ।
बिक्रम डिसीको छायांकन रहेको फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । सन्तोष खवास निर्माण रहेको फिल्ममा शंकर थापाको संगीत तथा पदम तामाङको कोरियोग्राफी रहेको छ ।

