
सामाजिक प्रेमकथामा निर्माण भएको फिल्म ‘डोली’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । 'बृन्दावन' फेम्ड निर्देशक राजबहादुर साने निर्देशित फिल्मको पोस्टरसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । किरण नेपालीको निर्माण रहेको फिल्म मंसिर २८ गतेबाट प्रदर्शनमा उत्रने तय भएको छ ।
रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्मित फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, संगीता नापीत, सानिया खान, अर्जुन गुरुङ, नवीन रेग्मी, प्रशान्त भण्डारी, दामोदर खतिवडा, प्रिया रिजाल, हिउँवाला गौतमलगायतका कलाकारले अभिनय छ । यसको स्क्रिप्ट निर्देशक स्वयमले लेखेका हुन् ।
सिडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको ‘डोली’ लाई जयराम थापाले खिचेका हुन् । शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मका गीतको कोरियोग्राफी श्रीकृष्ण परियारले गरेका हुन् ।

