Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक दीपेन्द्र भन्छन्, ‘‘चङ्गा चेट’ देशैभर हाउसफुल’’

फिल्मीखबर, काठमाण्डौ, 2018/11/03
शुक्रवारबाट प्रदर्शनमा आएको दीपेन्द्र के. खनाल निर्देशित कमेडी फिल्म ‘चङ्गा चेट ले बक्सअफिसमा सुखद ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन ६० प्रतिशत अकुपेन्सी कायम गरेको फिल्मको शनिबार बिहानदेखि साँझसम्म ८०/८५ प्रतिशतको आसपास अकुपेन्सी रहेको वितरकबाट जानकारी प्राप्त छ । 
 
 
'फिल्मको 'वर्ड अफ माउथ' एकदमै राम्रो छ', उत्साहित हुँदै फिल्मीखबरसँग निर्देशक खनालले भने, 'शुक्रबारभन्दा शनिबार देशभर दर्शकको चाप बढेको छ । मल्टिप्लेक्स र सिंगल पर्दा कुनै खाली छैन । देशभर फिल्मको व्यापार राम्रो छ ।' उनले दर्शकले कमेडी पाटोलाई मन पराएको बताए । दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले तनाव कम भएको पनि बोले । 
 
शुक्रबार एकसाथ पाँच फिल्म प्रदर्शनमा आउनु र दशैंको फिल्म 'छक्का पञ्जा ३' को सोज नघट्नुले ‘चङ्गा चेट’ ले मल्टिप्लेक्समा प्रयाप्त सोज नपाएको उनले बताए । भन्छन्, 'शुक्रबार र शनिबारको व्यापारले आइतबारबाट मल्टिप्लेक्समा सोज बढ्ने छनक देखिएको छ । तर, जति सोज हामीले पाएका छौं त्यसमा दर्शकको कमी छैन ।' 
 
शुक्रबार र शनिबार मुलुककै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई बाँडेको अधिकांश सोज हाउसफुल रहे । बाँकी मल्टिप्लेक्ससमा पनि दर्शकको उपस्थिति सन्तोषजनक रहेको निर्माता माधव वाग्ले बताउँछन् । मध्यमवर्गिय दर्शकको चाप रहने गोपी, अष्टनारायण, गुण, गंगालगायतका हल पनि शनिबार बिहानैदेखि हाउसफुल रहेका छन् । 
 
राजधानी बाहिरको ठूलो बजार पोखरा, बुटवल, चितवन, धरान, इटहरीमा पनि फिल्म हेर्ने दर्शकको भीड उत्साहजनक रहेको निर्माता वाग्लेले जानकारी दिए । फिल्मले दुई दिनमा अनुमानित ६० लाख ग्रस कलेक्सन गरेको बताइएको छ । शनिबार कलाकार, निर्देशक र निर्माताले राजधानीका विभिन्न हल पुगेर दर्शक प्रतिक्रिया बुझे । 
 
 
शर्मिला पाण्डेको पनि लगानी रहेको फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रबिन्द्र झा, सन्दिप क्षेत्री, सुरक्षा पन्त, परमिता आरएल राणालगायतका कलाकारहरुको अभिनय छ । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका छन् । 
Most Visited News (monthly)