
अक्षय कुमार र रजनीकान्त स्टारर फिल्म ‘२.०’ को ट्रेलर सार्वजनिक भएको छ । हिन्दी र तमिल भाषामा ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्म ठूलो बजेट र भिएफएक्सका कारण लामो समयदेखि चर्चामा थियो । अक्षय कुमार यसमा भिलेनको रुपमा देखिएका छन् । रजनीकान्त पनि महत्वपूर्ण भूमिकामा छन् ।
५ सय करोडमा बनेको यो फिल्म एक्सनबाट भरपूर छ । तर, एक्सनको शैली फरक छ । फिल्ममा लडाइँ आधुनिक तरिकाबाट देखाइएको छ । एक्सन निकै खतरनाक देखिएको छ । अक्षयको लुक खतरनाक छ र फिल्ममा उनको अपिरेन्स डरलाग्दो छ । उनी आफ्नो गेटअपका कारण डर पैदा गर्न सफल छन् ।
ट्रेलरमा संवाद कम एक्सन बढी छ । अक्षयलाई फिल्मको ट्रेलरमा सेलफोन प्रयोग गर्नेहरुको दुश्मनको रुपमा देख्न सकिन्छ । गजबको भिजुअल इफेक्ट्स र अक्षय र रजनीकान्तको उत्कृष्ट डाइलग र एक्सनले ट्रेलरलाई विशेष बनाएको छ । फिल्मलाई एस शंकरले निर्देशन गरेका हुन् ।
फिल्ममा रजनीकान्त र अक्षय कुमारका अलावा अभिनेत्री एमी ज्याक्सन पनि प्रमुख भूमिकामा छिन् । निर्देशक स्वयमले यसको पटकथा लेखेका हुन् । ‘२.०’ रजनीकान्तको फिल्म 'एन्थरिन' को सिक्वेल हो । पछिल्लो फिल्ममा उनले रोबोटको भूमिका निभाएका थिए । यसपटक उनी निकै मोर्डन र एडभान्स लुकमा प्रस्तुत छन् ।
ट्रेलर हेर्नुहोस् :-

