Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

प्रदीपको फिल्मदेखि साम्राज्ञीलाई किन एलर्जी ?

फिल्मीखबर, काठमाण्डौ, 2018/11/03
अभिनेतामा अहिले प्रदीप खड्काको लोभलाग्दो डिमान्ड छ । अभिनेत्रीमा साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि कम छैन । दुवै अभिनेता/अभिनेत्री अहिलेका 'हटकेक' हुन् । उनीहरुलाई फिल्ममा लिएपछि सफलताको झन्डा गाड्न गाह्रो नहुने निर्माता/निर्देशकलाई विश्वास छ । यसैले त दुईको पारिश्रमिक पनि छोइसक्नु छैन । 
 
अहिले अभिनेता खड्का एक फिल्मबापत करीब ५० लाख बुझ्न गर्छन् भने अभिनेत्री शाह १५ लाखको आसपास लिने गरेकी छन् । दुई स्टार्सलाई एउटै फिल्ममा लिने हो भने निर्माताले लिड कलाकारका लागि मात्र करीब ६५ लाखसम्म पारिश्रमिक छुट्याउनु पर्ने हुन्छ । तर, अहिलेसम्म यो संयोग जुरेको छैन । 
 
 
दुई चल्तीका कलाकारलाई लिएर धेरै निर्माता/निर्देशकले फिल्म बनाउन नखोजेका होइनन् । झरना थापादेखि सुवास गिरीसम्मले दुईको जोडी पर्दामा बाँध्न खोजे तर सफल भएनन् । 'ए मेरो हजुर २' प्रदीपले रिजेक्ट गरे । 'भैरवी' साम्राज्ञीले गर्न मानिनन् । हाल छायांकनरत फिल्म 'लभ स्टेशन' पनि साम्राज्ञीले 'नो' भनिन् । 
 
फिल्म एकसाथ नगरेपनि उनीहरुले 'डिस होम' को एक विज्ञापन भने सँगै गरेका थिए । यो विज्ञापनपछि प्रदीप र साम्राज्ञीको जोडी फिल्ममा पनि देखिने चर्चा सुरु भएको थियो । केही हप्ता अगाडि प्रदीपले हेमराज विसीको नयाँ प्रोजेक्ट साइन गरे । उक्त फिल्म फेरि साम्राज्ञीलाई नै अप्रोज गरिएको छ । तर, उनले गर्ने वा नगर्ने कुनै निधो गरेकी छैनन् । 
 
स्रोतका अनुसार, उनी उक्त फिल्म पनि नगर्ने मूडमा छिन् । आखिर प्रदीपको फिल्म भनेपछि किन साम्राज्ञीलाई एलर्जी भइरहेको छ ? 'प्रेमगीत २' को सक्सेस पार्टीमा प्रदीपलाई बधाई दिन पुगिन्, 'डिस होम' को विज्ञापन सँगै गरिन् तर प्रदीपसँग फिल्म गर्न किन गाह्रो मानिरहेकी छिन् साम्राज्ञी ? यसको जवाफ त उनीसँग नै होला । 
 
अभिनेता अनमोल केसीसँग 'ड्रिम्स' मा जोडी बाँधेकी साम्राज्ञीलाई अब प्रदीपसँग स्क्रिन साझेदारी गरेको हेर्ने दर्शकको चाहना छ । प्रदीपका फ्यानको पनि यही इच्छा छ । दुई अभिनेता/अभिनेत्रीको फ्यानको चाहना अब कहिले पूरा होला ? यसको त प्रतिक्षा गर्नै पर्ने हुन्छ । 
Most Visited News (monthly)