आनन्द एल रायको मोस्ट अवेटेड फिल्म ‘जीरो’ को ट्रेलर रिलिज भएको छ । सुपरस्टार शाहरुख खानको ५३ औं जन्मदिनमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । यसमा उनीसँगै कटरीना कैफ र अनुष्का शर्मा पनि प्रमुख भूमिकामा छन् । शाहरुखका साथी सलमान खान केमियो रोलमा छन् ।
तर, के तपाईहरुलाई थाहा छ ? ‘जीरो’ का लागि पहिलो अप्रोच सलमानलाई गरिएको थियो । शाहरुख स्वयमले यो कुराको खुलासा ट्रेलर रिलिज कार्यक्रममा गरे । भने, 'सलमान ‘जीरो’ को हिस्सा बन्न चाहेका थिए किनकी पहिला बउआ सिंहको रोल उनलाई अफर गरिएको थियो । तर, केही कारणले उसले फिल्म गर्न सकेन ।'

उनले सलमानलाई स्टोरी निकै मन परेपनि काम विशेषले गर्न नपाएको बताए । उनी भन्छिन्, 'कथा निकै मन परेका कारण उनी कुनै न कुनै तरिकाबाट यसको हिस्सा बन्न चाहन्थे ।' शाहरुखले फेरि भने, 'फेरि सलमानले मलाई फोन गरेर भन्यो कि एक फिल्म छ त गर ।' सलमान पनि आफ्नो खास साथीको फिल्मको प्रमोट गर्न कुनै कसुर बाँकी राख्दैनन् ।
शाहरुखका फ्यानले ट्विटरमा एक भिडियो शेयर गरेका छन्, जसमा सलमान होचा व्यक्तिसँग बसेका छन् । त्यसमध्ये एकले सलमानसँग जोडिएको एक किस्सा शेयर गर्दै भने, 'सलमान भाईले गाडी रोकेर हामीलाई बोलाए र खाना खुवाए । त्यसपछि हामीलाई 'जीरो' फिल्मको प्रमोट गर्न भने ।' फिल्म २१ डिसेम्बरमा रिलिज हुँदैछ ।
शाहरुख खानले ‘जीरो’ मा पुट्केको रोल गर्न मुश्किल नभएको बताएका छन् । उनी भन्छन्, 'मेरो लागि यो क्यारेक्टर सजिलो थियो । तर अनुष्का शर्माका लागि मुश्किल थियो । मेरो मुश्किल भिएफएक्स र सिनेमेटोग्राफीका कारण सहज भएको थियो । फिल्म गर्दैगर्दा मैले फ्रिडम फिल गरेँ । यो फिल्म बनाउनु थिएन, जिउनु थियो । यो फिल्म जिन्दगीको दर्शन हो ।'

