Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सनी लियोनीको ट्विटमा अर्जुन दंग

फिल्मीखबर, काठमाण्डौ, 2018/11/03
छवि खराब नै भएपनि अभिनेत्री सनी लियोनी संसारभर प्रख्यात छिन् । पोर्न स्टार हुँदै केही वर्षयता बलिउडमा आफ्नो दबदबा कायम गरेकी उनले पहिलो पटक नेपाली फिल्ममा काम गर्दैछिन् । फिल्मको नाम हो, ‘पासवर्ड’ । उक्त फिल्ममा उनी एक आइटम गीतमा मात्र देखिने छिन् । गीतका लागि मात्र उनले २ करोड बुझेको टिमबाट जानकारी प्राप्त छ । 
 
 
सनीले नेपाली फिल्म गर्ने खबरले नै मिडियामा तरंग ल्याएको थियो । शुक्रवार उनले आफ्नो आधिकारिक ट्विटरमा एक स्टाटस नै लेखेर नेपाली फिल्म खेल्न लागेको औपचारिक जानकारी दिइन् । उनले आफ्नो स्टाटसमा 'नेपाली फिल्म' उल्लेख गर्दै ‘'बहुप्रतिक्षीत फिल्म ‘पासवर्ड’’ लेखेकी छन् । उनले फिल्मको डान्स नम्बर सुनेर उत्साहित भएको पनि बताएकी छन् । 
 
उनको उक्त स्टाटस अहिले नेपाली सञ्चारमाध्यममा राम्रो मसला बनेको छ । विश्वले चिनेको अभिनेत्रीले नेपाली फिल्ममा काम गर्न लागेको र गीत सुनेर उत्साहित भएको बताउनु पनि ठूलो कुरा हो । चलचित्रकर्मीहरु यसलाई नेपाली फिल्म क्षेत्रका लागि सुखद कुरा रहेको बताउँछन् । सनीले ठुम्का लगाउन लागेको गीत चर्चित संगीतकार अर्जुन पोखरेलले तयार पारेका हुन् । 
 
अर्जुनको संगीत रहेको गीतमा शब्द विक्रम जोशीको रहेको छ । स्वर दुर्गा खरेलले दिएकी छन् । संगीत संयोजना महाराज थापाले गरेका हुन् । सनीले उत्साहित हुँदै झन्डै ४ करोड फलोअर्स रहेको ट्विटरमा ट्विट गर्नुले संगीतकार पोखरेललाई संसार जिते सरहको खुसी दिएको छ । उनले सनीको ट्विटले आफूमा थप चुनौती थपेको बताएका छन् । 
 
 
उनका अनुसार, निर्माण टिमलाई ६० प्रतिशत मात्र सकिएको गीतको 'रअ' फाइल पठाएका हुन् । सनीले 'रअ' फाइल सुनेरै ट्विट गरेकी हुन् । सम्राट बस्नेतको निर्देशन रहने फिल्ममा विक्की जोशी, परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, रविन्द्र झा, बुद्धि तामाङ, विक्रान्त बस्नेत र मुख्य भिलेनको रोलमा अनुपविक्रम शाही रहेका छन् । 
Most Visited News (monthly)