Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रसाद’ ट्रेलर लञ्च, विपिन र नम्रताको प्रेममा निश्चल भिलेन

फिल्मीखबर, काठमाण्डौ, 2018/11/02
 
‘लै लै’ बोलको गीतका कारण चर्चामा रहेको अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता विपिन कार्की स्टारर फिल्म ‘प्रसाद’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । निर्देशक तथा अभिनेता निश्चल बस्नेतको पनि प्रमुख भूमिका रहेको फिल्मको ट्रेलर शुक्रवार नेपाल आइडलमार्फत् रिलिज गरिएको हो । 
 
कार्यक्रममा सहभागी हुन निर्देशक दिनेश राउत र अभिनेता बस्नेत पुगेका थिए । निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा फिल्मले बोल्छ । 
 
सन्तान नहुँदा श्रीमान-श्रीमतीबीच उत्पन्न हुने मनमुटावलाई ट्रेलरमा देखाइएको छ । विपिन र नम्रताको बैबाहिक जीवनमा अभिनेता निश्चल भिलेन बनेका छन् । ट्रेलरबाट निर्देशक राउतले मूलकथा प्रस्टाउन खोजेका छन्, जसले दर्शकलाई हलसम्म तान्न बाध्य बनाउन सक्छ । ट्रेलर हेर्दा फिल्मको कन्टेन्ट बलियो रहेको अनुमान गर्न सकिन्छ । 
 
मंसिर २१ गतेबाट प्रदर्शनमा आउने ‘प्रसाद’ लाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिच्नेका हुन् । लोकेश बज्रचार्यको सम्पादन रहेको फिल्ममा विकास सुवेदी सह-निर्देशकका रुपमा छन् । 
 
सुवाष भुषालको संगीत रहेको फिल्ममा हिमाल केसीको थ्रिल छ । शिव विकको कोरियोग्राफी रहेको फिल्मलाई उज्जवल पौडेल, मनोज राठी र गोविन्द शाहीले मिलेर वितरण गर्दैछन् । फिल्मको दोस्रो गीत 'बनकी चरी' ले पनि सकारात्मक प्रतिक्रिया पाएको छ ।
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)