Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जीरो’ ट्रेलर रिलिज, सबैभन्दा मुश्किल रोलमा शाहरुख

एजेन्सी, मुम्बई, 2018/11/02
 
शाहरुख खानको बहुप्रतिक्षीत फिल्म ‘जीरो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शाहरुखको ५३ औं जन्मदिनको अवसरमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्मको निर्देशन आनन्द एल रायले गरेका हुन् । वर्षको सबैभन्दा महँगो फिल्ममा सामेल ‘जीरो’ को बजेट १८० करोड बताइएको छ । 
 
शाहरुखका अलावा फिल्ममा अनुष्का शर्मा, कटरीना कैफ पनि प्रमुख भूमिकामा छन् । अभिनेता सलमान खान अतिथी भूमिकामा छन् । ३ मिनेट १४ सेकेण्डको ट्रेलर हेरेपछि भन्न सकिन्छ कि शाहरुखको भूमिका अहिलेसम्मकै अलग छ । 'जीरो' मा बउआ सिंहको भूमिकामा उनी छन् । कटरीना कैफ र अनुष्का शर्मा पनि अलग अन्दाजमा देखिएका छन् । 
 
प्रेम, हाँसो, रोदनसँगै ट्रेलरले सोच्न बाध्य बनाउँछ । ३ मिनेट १४ सेकेण्डको ट्रेलर निकै खास बनाइएको छ । निर्देशक आनन्दले ट्रेलरमा सबै देखाएका छन्, जसले दर्शकलाई हलसम्म लैजान बाध्य गर्नेछ । फिल्म २१ डिसेम्बरमा रिलिज हुँदैछ । फिल्ममा बउआ सिंह उर्फ शाहरुख अलग-अलग विधा प्रस्तुत गर्दै देखिएका छन् । 
 
'जीरो' का पुट्के बउआ अर्थात् शाहरुख मध्यम वर्गीय परिवारबाट हुन्छन्, उनीसँग घर, कार वा अन्य सुख सुविधा केही हुँदैन । त्यही आफूलाई जीरोबाट सुरु गरेर उनले आफ्नो कमजोरीलाई तागत बनाउँछन् । भारतीय मिडियाले शाहरुखले करिअरकै सबैभन्दा मुश्किल रोल निभाएको चर्चा गरेका छन् । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)