Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माता वाग्लेले दिए फिल्मबाटै स्पष्टिकरण

फिल्मीखबर, काठमाण्डौ, 2018/11/02
नक्कली नोट छापेको अभियोगमा गएको ५ महिना अगाडि 'लुट' निर्माता माधव वाग्लेलाई प्रहरीले पक्राउ गरेको थियो । नेपाल राष्ट्र बैंकले निर्माता वाग्लेको साथबाट भेटिएको नोट जाली भएको प्रमाणित गरेपछि उनलाई जेल चलान गरिएको थियो । उनले लगभग ४ महिना जेल जीवन विताए ।
 
 
२५ लाख घरौटी तिरेर रिहा भएपनि अहिले उनको मुद्धा अदालतमा चलिरहेको छ । उनको साथबाट प्रहरीले १ हजार दरका २ करोड ५२ लाख रुपैयाँको नक्कली नोट बरामद गरेको थियो । उनले पटक-पटक आफूले फिल्म प्रयोजनका लागि नक्कली नोट प्रयोग गरेको बताउँदै आएका छन् । 
 
प्रहरी कर्मचारीले फूलीको लोभमा आफूलाई फसाएको आरोप लगाउँदै आएका उनले शुक्रवारबाट प्रदर्शनमा आएको आफू निर्मित फिल्म ‘चङ्गा चेट’ बाटै यस विषयमा स्पष्टिकरण दिएका छन् । फिल्मको एक सिनमा प्रमुख कलाकारहरु नोट मिलाउँदै प्रफुलित देखिन्छन् । 
 
उक्त दृश्यको तल सोही नोटका कारण निर्माता वाग्ले हिरासतमा परेको उल्लेख गरिएको छ । लेखिएको छ, 'सुटिङ प्रयोजनका लागि प्रयोग भएको यही नक्कली नोटको कारणले यस चलचित्रका निर्माता माधव वाग्ले हिरासतमा परेका थिए र अझै पनि मुद्धा चलिरहेको छ ।' 
 
अदालतमा मुद्धा चलिरहँदा निर्माता वाग्लेले भने आफू निर्दोष रहेको स्पष्टिकरण फिल्ममार्फत् नै दिएका छन् । निर्देशक दीपेन्द्र के. खनालले जनतामा रहेको भ्रम चिर्न फिल्ममार्फत् स्पष्टिकरण दिएको बताए । 'फिल्मका लागि छापिएको नोटका कारण निर्माता वाग्ले पक्राउ पर्नुभयो' उनी भन्छन्, 'हाम्रो कर्तव्य पनि होकि वास्तविकता सबैमाझ छर्लङ पार्ने ।'
Most Visited News (monthly)