Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘वीर विक्रम २’ मा किन अटेनन् दयादेखि अनुपसम्म ?

फिल्मीखबर, काठमाण्डौ, 2018/11/02
 
बिहीवार राजधानीमा तामझामका साथ फिल्म ‘वीर विक्रम २’ घोषणा गरियो । यो फिल्मको पहिलो भागले घरेलु बजारमा राम्रो व्यापार गरेको थियो । अब यसको दोस्रो पार्ट निर्माण हुँदैछ । फिल्मलाई मिलन चाम्सले नै निर्माण र निर्देशन गर्दैछन् । तर, कलाकारमा ठूलो परिवर्तन गरिएको छ । 
 
पहिलो भागमा दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा, नाजिर हसेन, दीया पुन प्रमुख भूमिकामा थिए । दोस्रो भागमा नाजिर मात्र दोहोरिएका छन् । बाँकी कसैलाई स्थान दिइएको छैन । फिल्ममा आकाश श्रेष्ठ, बर्षा राउत, बुद्दि तामाङ भित्रिएका छन् । यसअघि फिल्ममा दयाहाङ र अनुप दोहोरिने चर्चा थियो । 
 
किन दोहोरिएनन् बाँकी कलाकार ? फिल्मको घोषणा सभामा निर्देशक चाम्समाथि पत्रकारको प्रश्न तेर्सियो । उनले फरक कथामा निर्माण हुन लागेका कारण ‘वीर विक्रम २’ मा कलाकार परिवर्तन गरिएको बताए । भन्छन्, 'मलाई आकाश र बर्षाको जेनेरेसनसँग काम गर्ने इच्छा भएकाले पनि नयाँ कलाकार लिएको हुँ ।' 
 
उनले पुराना कलाकारलाई टिममा अटाउन खोजे पनि व्यस्तताका कारण सम्भव नभएको बताए । अभिनेता दयाहाङले तीन महिनाको समय मागेपछि उनको ठाउँमा आकाशलाई भित्राइएको चर्चा छ । उता, 'लिलिबिली' पछि मिलनसँग अनुप रुष्ट रहेको खबर छ । फिल्ममा अब आकाश र नाजिर वीर र विक्रमको भूमिकामा हुनेछन् । 
 
कात्तिक २६ गतेबाट सुरु हुने फिल्ममा कलाकार बुद्दि तामाङ भिलेनको भूमिकामा देखिनेछन् । फिल्ममा हिमाली क्षेत्रमा पाइने याकको पनि प्रमुख भूमिका रहने बताइएको छ । भिन्न दोस्तीयारीको कथामा निर्माण हुन लागेको फिल्मको कथा प्रदीप भारद्वाजले तयार पारेका हुन् । 
Most Visited News (monthly)