Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चङ्गा चेट’ र ‘मालिका’ लाई ‘छक्का पञ्जा ३’ चुनौती

फिल्मीखबर, काठमाण्डौ, 2018/11/02
गत तीन सातादेखि कमेडी कन्टेन्टका दुई फिल्म ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ ले गरेको हल कब्जा शुक्रवार प्रदर्शनमा आएका दुई फिल्म ‘चङ्गा चेट’ र ‘मालिका’ ले तोडेको छ । तिहारको छेकोमा रिलिज भएका दुई फरक जनराका फिल्म दर्शकमाझ प्रतिक्षामा थिए ।  
 
एउटा सानो गल्तीले जीवनमा पार्ने प्रभावको कथा ‘चङ्गा चेट’ ले वाचन गरेको छ भने ‘मालिका’ ले महिला सशक्तिकरणको मुद्धा उठाएको छ । बलात्कार, घरेलु हिंसा, बेचविखन, दाइजो प्रथामा फिल्म बनेको हो । केही दिन अगाडि राजधानीमा गरिएको विशेष शोमा फिल्मले सकारात्मक प्रतिक्रिया बटुलेको थियो । 
 
'पशुपतिप्रसाद' फेम्ड निर्देशक दीपेन्द्र के. खनालले ‘चङ्गा चेट’ निर्देशन गरेका हुन् । उनी उक्त फिल्मलाई आफ्ना अघिल्ला फिल्मभन्दा फरक भन्न रुचाउँछन् । डार्क कमेडी बताइएको फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रबिन्द्र झा, सन्दिप क्षेत्री, सुरक्षा पन्त, परमिता आरएल राणालगायतका कलाकारहरुको अभिनय छ । 
 
 
माधव वाग्ले र शर्मिला पाण्डेको संयुक्त लगानीमा निर्माण भएको फिल्मको 'गोजीमा दाम छैन' गीत निकै लोकप्रिय बनिसकेको छ । उता, ‘मालिका’ लाई अभिनेत्री रेखा थापाले दोस्रो पटक निर्देशन गरेकी हुन् । फिल्ममा नन-एक्टर कमला वली प्रमुख भूमिकामा छिन् । रेखा स्वयमको अभिनय भएपनि यसपटक उनले फिल्मको मूलकथा बोक्ने जिम्मेवारी अर्थात् नायकत्व वलीलाई सुम्पिएकी छन् । 
 
फ्राईडे रिलिज दुई नेपाली फिल्मलाई सिंगल पर्दा लगभग बराबर मिलेपनि मल्टिप्लेक्समा सोज संख्यामा ठूलो तलमाथि छ । निर्माताले सर्वाधिक शेयर हात पार्ने देशको सबैभन्दा ठूलो मल्टिप्लेस क्यूएफएक्सले ‘मालिका’ लाई ४ र ‘चङ्गा चेट’ लाई १६ सोज बाँढेको छ । अन्य मल्टिप्लेक्सहरुमा पनि ‘चङ्गा चेट’ को सोज बढी छ । 
 
शुक्रवार प्रदर्शनमा आएका दुई फिल्मलाई ‘छक्का पञ्जा ३’ चुनौती बन्ने देखिएको छ । मल्टिप्लेक्समा यो फिल्मको गति अझै कम भएको छैन । चौथो हप्तामा पनि क्यूएफएक्सले उक्त फिल्मलाई १४ सोज बाँढेको छ । ‘जय भोले’ ले पनि राम्रो सोज हात पारेको छ । मल्टिप्लेक्समा नेपाली फिल्म ‘बियोन्ड द क्लाउड्स’ पनि शुक्रवारबाट प्रदर्शनमा आएको छ । 
Most Visited News (monthly)