Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बुलबुल’ गीत रिलिज गर्न सुन्धारामा नाचिन् स्वस्तिमा (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/11/01
अहिले फिल्म बनाएर मात्र पुग्दैन । प्रचार गतिलो भएन भने दर्शकलाई हलसम्म तान्न गाह्रो छ । यसैले त अचेल निर्माता/निर्देशक फिल्मको प्रचारका लागि अनेकौ फण्डा अपनाउने गर्दछन् । उपहारका योजनादेखि सेलिब्रेटीसँग डेट शैली पुरानो हुँदै जाँदा फिल्म ‘बुलबुल’ ले नयाँ प्रचार शैली अबलम्बन गरेको छ । 
 
 
'फ्ल्यास मोब' शैलीमा फिल्मको पहिलो गीत सार्वजनिक गरिएको छ । देशका प्रमुख पाँच शहरमा एकसाथ नृत्य गर्दै फिल्मको ‘खुद्राखाद्री’ बोलको गीत इन्टरनेट रिलिज गरिएको हो । बिहीवार दिउँसो ठिक ४ बजे पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा फिल्मको गीतमा स्वयंसेवी डान्सरले नृत्य गरेका थिए । 
 
काठमाडौंको सुन्धारास्थित काठमाडौं हलमा भने ४० बढी डान्सरसँग अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालले एकसाथ ठुम्का लगाए । गीत बज्न थालेपछि मलको पिडीमा एक्कासी कलाकारहरु एकजुट भएर नाच्न थालेका थिए । उक्त गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर छ । 
 
 
कोशिश क्षेत्रीको शब्द तथा संगीत रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र सय जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा १८ लाख भएको निर्माण टिमको दाबी छ । अविरल थापा फिल्मका निर्माता हुन् । 
 
फिल्मका निर्देशक विनोद पौडेलले ‘बुलबुल’ ले अभिनेत्री स्वस्तिमाको अभिनयले धेरैलाई चकित तुल्याउने दाबी गर्दै आएका छन् भने उनी स्वयंले पनि यो फिल्म आफनो करियरकै कोशेढुंगा साबित हुने अभिव्यक्ति दिँदै आएकी छिन् ।  
 
 
फिल्ममा स्वस्तिमा र मुकुनका अलावा बुद्धि तामाङ, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराईलगायतको अभिनय रहेको छ । फिल्म फागुन ३ मा रिलिज हुँदैछ । उक्त फिल्ममा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा छिन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)