Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बर्षाको ‘माया कतारमा’ : ‘चौका दाउ’ गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2018/11/01
पौष २७ गतेलाई प्रदर्शन मिति तय गरिएको मल्टिस्टारर फिल्म ‘चौका दाउ’ को दोस्रो गीत रिलिज भएको छ । 'पियारी' बोलको पहिलो गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा बिहीवार निर्माण टिमले तिहारको उपहार स्वरुप 'मेरो माया कतारमा' गीत युट्युब रिलिज गरेको छ । 
 
 
शम्भुजित बाँस्कोटको संगीत रहेको गीतमा श्रीपुरुष ढकालको शब्दमा शम्भुजितसँगै सुमन गुरुङले स्वर भरेका छन् । कोरियोग्राफी बसन्त श्रेष्ठको छ । गीतमा मोडल सोनिका केसी बोल्ड अवतारमा प्रस्तुत छिन् । अभिनेत्री बर्षा राउतले पनि ठुम्का लगाएकी छन् ।
 
गीतमा युवती भनेपछि मरिहत्ते गर्ने अर्धबैशे पुरुष पात्रहरुको चरित्र चित्रण गरिएको छ । फिल्ममा विल्सन विक्रम राई, सन्तोष पन्त, तैयव शाह, रबिन्द्र झा, निर्मल शर्मा, अजाश्र ढुङ्गानालगायतका कलाकारहरुको प्रमुख भूमिका छ । 
 
सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीको निर्माण रहेको यो फिल्मलाई दिर्घ गुरुङले खिचेको हुन । ‘चौका दाउ’ मा मित्र डि.गुरुङको सम्पादन रहेको छ । पुर्नेन्दु झा निर्देशित यस फिल्ममा संगीतकार बाँस्कोटाको कथा छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)