
नोभेम्बर र डिसेम्बरको महिना बलिउडको दुई ठूलो विवाहको साक्षी बन्नेछ । रणवीर सिंह र दीपिका पादुकोण १५ नोभेम्बरमा लगनगाँठो कस्दैछन् भने प्रियंका चोपडा प्रेमी निक जोनससँग १ डिसेम्बरमा विवाह गर्दैछिन् । प्रियंका दुलही बनेकै दिन रणवीर र दीपिकाले भने ग्रान्ड रिसेप्सन दिने भएका छन् ।
सुत्रका अनुसार, पाहुनाको डेट पहिला नै बुक गर्न दुबैले रिसेप्सनको इन्वाइट पठाउन समेत सुरु गरिसकेका छन् । विवाहको बारे ट्विटरमा घोषणा गरे लगत्तै रणवीर र दीपिकाले इन्डस्ट्रीका म्यूचुअल फ्रेन्ड्सलाई रिसेप्सनको निम्तो पठाउन सुरु गरेका छन् । दुईको रिसेप्सन १ डिसेम्बरमा ग्रान्ड हयातमा हुँदैछ ।
प्रियंकाले पनि विवाहको मिति घोषणा गरिसकेकी छन्, तर उनले एडभान्समा कोही इन्डस्ट्री फ्रेन्डलाई निम्तो पठाएकी छैनन् । प्रियंका र निक जोधपुरको उम्मेद भवनमा रोयल वेडिङ्ग गर्दैछन् । प्रियंकाले सलमान खान, रणवीर कपुर, आलिया भट्टलगायतलाई बिहेमा उपस्थितिका लागि निमन्त्रणा पठाएको खबर छ ।
फरहान ख्तर र सिद्धार्थ राय पनि लिस्टमा सामेल रहेको भारतीय मिडियाले बताएका छन् । उता, निर्देशक विशाल भारद्वाजलाई दीपिका र रणवीरको रिसेप्सनको इन्विटेसन मिलेको छ । 'पद्मावत' जोडीले निर्देशक सञ्जय लिला भन्साली, निर्देशक फराह खान र निर्माता आदित्य चोपडालाई भने विवाहमा इन्वाइट गरेका छन् ।

