Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

थाइल्याण्डमा रोमान्टिक बने दीपिका र दीवाकर

फिल्मीखबर, काठमाण्डौ, 2018/11/01
 
एक वर्ष अगाडि कोर्ट म्यारिज गरेर केही साता अगाडि इन्गेजमेन्ट गरेका 'लभ बर्डस्' दीपिका प्रसाईँ र दीवाकर भट्टराई अहिले थाइल्याण्डमा हनिमुन टुरमा छन् । हालैमा यो कपलले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रेम स्विकार गर्दै एकअर्काको अंगालोमा कसिएको तश्बिर शेयर गरेका थिए । 
 
मंसिरपछि बिहे गर्ने तयारीमा रहेका उनीहरु अहिले पर्यटकिय गन्तब्य थाइल्याण्डमा रमाइरहेका छन् । फेसबुकमा तश्बिर राखेकै साँझ यो जोडी त्यसतर्फ उडेका थिए । अभिनेत्री दीपिकाले प्रेमी तथा निर्देशक दीवाकरसँग क्लिक गरेका रोमान्टिक तश्बिरहरु फेसबुक स्टोरीमा शेयर गरेकी छिन् । 
 
एक तश्बिरमा दुईले एकअर्कालाई चुम्बन गरेका छन् । उनीहरुको हनिमुन टुर अविस्मरणीय बनिरहेको तश्बिर बोल्छ । यी दुई फिल्म 'ऐश्वर्य' को सेटबाट नजिक भएका थिए । दीपिकाको उक्त फिल्म डेब्यु थियो । यो फिल्म रिलिज लगत्तै उनीहरुको अफेयरको खबर बाहिर आएको थियो । 
 
लामो समय प्रेम-प्रेमिका नभई साथी मात्र बताउँदै आएपनि दशैं सकिए लगत्तै दीपिका र दीवाकरले मिडियामा चर्चामा रहेको अफेयरको खबरलाई सत्यतामा परिणत गरेका थिए । दीपिकाको दोस्रो फिल्म 'छक्का पञ्जा ३' ले अहिले जबरजस्त कलेक्सन गरिरहेको छ भने दीवाकर निर्देशित फिल्म 'क्याप्टेन' फागुनमा रिलिज हुँदैछ । 
Most Visited News (monthly)